कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नैन्ही गाउँमा झाडापखाला

रासस

गौशाला — महोत्तरीको जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । 

नैन्ही गाउँमा झाडापखाला

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उक्त टोलमा मंगलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।


जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताए । 'केही बिरामी सिकिस्त छन्,' उनले भने ।


सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । 'चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ,' डा झाले भने ।

प्रकाशित : आश्विन ३, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?