संविधान दिवस : कतै वृक्षरोपण कतै विरोध

आठै जिल्लाका विरोध सभामा मन्त्रीहरू सहभागी, संविधान संशोधन नहुँदासम्म कलो दिवसकै रूपमा मनाउने अडान
सन्तोष सिंह

जनकपुर — आन्तरिक मामिला तथा कानुन मन्त्रलायका कर्मचारीले संविधान दिवसको अवसरमा वृक्षरोपन कार्यक्रमका लागि तयार गरेको फ्ल्याक्स बोर्डमा कालो अक्षर देखेर प्रदेश २ मा मुख्य सचिव बिच्किए ।

संविधान दिवस : कतै वृक्षरोपण कतै विरोध

बुधबार बिहान संविधान दिवसको अवसरमा जनकपुर चुरोट कारखानामा आयोजित वृक्षरोपण स्थलमा लगाइएको फ्ल्याक्स तत्कालै प्रमुख सचिव सिंहले हटाउन लगाएका थिए ।

सेतो ब्याकग्राउडमा रातो अक्षरमा तयार गरिएको फ्ल्याक्स कार्यक्रम स्थलमा आउँदा सेतो ब्याकग्राउन्डमा कालो अक्षर भएको फ्ल्याक्स देखिएपछि केहीबेर कार्यक्रमबारे अन्योल नै भयो । मन्त्रालयका सचिवहरूले तत्काल नयाँ फ्ल्याक्स तयार गर्न सुझाव दिंदा प्रमुख सचिव सिंहले निर्धारित समयमा त्यहाँ हुन नसक्ने भएकोले फ्ल्याक्स हटाएर कार्यक्रम गर्न लगाएका थिए ।

कार्यक्रमको ब्यानरमा बाक्लो कालो अक्षरमार्फत विरोध गर्न खोजिएको हुन सक्ने भएकाले फ्ल्याक्समा पेपर टाँसेर मार्करले कार्यक्रमको विवरण उल्लेख गरिएको थियो । प्रदेश सरकारले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मन्त्रलायका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका थिए ।

संविधान जारी भएको तेश्रो वर्षको शुभ अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गर्दै वृक्षरोपण गरी दिवस मनाइएको प्रमुख सचिव सिंहले बताए । संघीय मन्त्रलायबाट प्राप्त पत्रअनुसार प्रदेश २ का प्रमुख सचिवसहित अन्य कर्मचारीहरू संविधान दिवस मनाउन जनकपुर चुरोट कारखानाको कभर्ड हलको मैदानमा भेला भइरहँदा कारखनाको परिसरभित्रै रहेको राजपका मन्त्रीहरू निवासमा कार्यकर्तासँग कालो दिवस बनाउन जिल्लातर्फ जाने तयारी गर्दै थिए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?