कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेवाग्राहीको गुनासो सुन्दै मुख्यमन्त्री

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री मोहमम्द लालबाबु राउत बिहीबार धनुषाको मालपोत कार्यालयमा छड्के गर्न पुगे । काम गरेबापत सेवाग्राहीसँग कर्मचारीले पैसा असुलिरहेको गुनासो बढेपछि मुख्यमन्त्री राउत मालपोत कार्यालय पुगेका थिए ।

सेवाग्राहीको गुनासो सुन्दै मुख्यमन्त्री

मालपोत कार्यालयमा रहेका सेवाग्राहीले पैसा (घूस) नदिँदा सानो काममा पनि झमेला गर्ने र अनावश्यक दु:ख दिने गरेको मुख्यमन्त्रीसँग गुनासो गरे । मुख्यमन्त्री राउतले मालपोत कार्यालय धनुषाको कार्यसम्पादन, सेवाग्राहीको समस्या र त्यसको समाधानबारे जिज्ञासा राखेका थिए ।

मालपोत कार्यालयका निमित्त प्रमुख मोहम्मद इजहाराले कार्यालयको कार्यसम्पादनबारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ गरेका थिए । कार्यालय अस्तव्यस्त रहेकोमा मुख्यमन्त्री राउतले तत्काल सुधार गर्न र सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए । मालपोत कार्यालयको शौचालय जीर्ण रहेको बताउँदै उनले तत्काल मर्मतसम्भार गरेर सफाइमा ध्यान दिन निर्देशन दिए । मुख्यमन्त्री राउतले सोझै सेवाग्राहीको गुनासो सुन्दै तत्काल समाधान गर्नका लागि निर्देशन पनि दिए । मालपोत कार्यालयमा काममा हुने गरेको ढिलाइ प्राय: सेवाग्राहीको गुनासो थियो ।

सप्तरीमा सास्ती
चार दिनदेखि सार्वजनिक यातायातका सवारी नचल्दा सर्वसाधारणले सास्ती बेहोरिरहनु परेको छ । पूर्वपश्चिम राजमार्गसहित जिल्लाका अन्य सडक खण्डमा पनि सार्वजनिक यातायातका साधन नचल्दा समस्या भएको हो ।

नयाँ ऐन सवारी चालक मैत्री नभएको र आफूहरूलाई बिनाकारण जेलका बस्नुपर्ने अवस्था सृजना भएको भन्दै असोज २ गतेदेखि चालक सम्बद्ध विभिन्न संघसंस्थाहरूले सवारी साधन बन्दको आह्वान गरेका छन् ।

बन्द समर्थकले बिहीबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाका स्थानमा विद्युतीय रिक्सा र टेम्पो सञ्चालनमा रोक लगाएका थिए । जसले लामो तथा छोटो दूरीमा निस्केका सर्वसाधारण यात्रुहरू समस्यामा परेका थिए । ‘न्यून आय भएका सर्वसाधारण यो बन्दको मारमा परेका छन्,’ तोपाका शिवकुमार मण्डलले भने, ‘पैसावालहरू चिल्लो गाडी भाडामा लिएर जहाँ जानुपर्ने गएकै छन्, सार्वजनिक यातायात बन्द गराएर न्यून आय भएकालाई पर्नुसम्म दु:ख परेको छ ।’

स्वतन्त्र यातायात मजदुर संगठन राजविराजका नगर अध्यक्ष भोलाप्रसाद यादवले पछिल्लो समय सरकारले ल्याएको एनेले कार्य गर्न सक्ने अवस्था नरहेकाले माग पूरा नहुन्जेलसम्म यातायात बन्दलाई कायमै राख्ने र काममा नफर्किने बताए ।

प्रकाशित : आश्विन ५, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?