२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

धारा पाउँदा कुष्ठरोगी ‘मख्ख’

शिव पुरी

राैतहट — परोहा नगरपालिका–५ नमनग्रा टोलका ६० वर्षीय इनरदेव रामको अनुहारमा खुसीको सीमा छैन । शुक्रबार उनको झुपडीमै धारा गाडिदिएपछि मख्ख परेका हुन् । कुष्ठरोग लागेर गाउँ निकालामा परेपछि उनले धाराको पानी पिउन पाएका थिएनन् ।

धारा पाउँदा कुष्ठरोगी ‘मख्ख’

अहिले रोग सबै निको भइसकेको छ । तर पनि स्थानीयले धारामा पानी भर्न दिँदैनथे ।

लामो समयदेखि राजपुर–बंकुल खण्डको नहर छेउको सडक पेटीमा कष्ट सँगले जीवन बितारइरहेका इनरदेवलाई सबैभन्दा बढी पीडा पानीको हुन्थ्यो । उनी बसेको नजिक धारा भए पनि मानिसले छुन दिँदैनथे । लुकेर पानी भर्थे । कहिलेकाहीं त्यतिकै रित्तो भाँडा बोकेर फर्कनु पथ्र्यो ।

चन्द्रनिगाहपुर नगरपालिकास्थित जुडिबेलाका रूद्रप्रसाद मैनालीले उनलाई धारा, ग्यास र खाना पकाउने चुलो, चामल सहयोग गरेका छन् । उप्रेती हाल दक्षिण कोरिया बस्छन् । शुक्रबार उनको झुपडी नजिक धारा हालिएको छ । ‘जीवनबाट हेलामा परेको मान्छे । कहिले हरेस खाइन । आज म धेरै खुसी छु,’ उनले भने, ‘दुखमा परेकाहरूको समस्या पनि समाधान हुँदा रहेछ ।’ उनी निकै खुसी देखिएका थिए । हतारमा उनीभित्र राखिएको ग्यास चुलोमा आगो बाल्न पुगे । पहिलेदेखि नै जानेको जस्तै गरी उनले चुलो बाले । सबै अचम्ममा परे ।

कुष्ठ रोग लागेर शरीरमा केही समस्या थियो तर अहिले सबै निको भइसक्यो तर पनि मानिसहरू मलाई हेला गर्छन् । उनलाई गाउँमा बस्न दिदैनन् । घरभित्र ग्यास जडान गरिदिएपछि उनी निकै खुसी भए । ग्यासमा आगो बालेर आफैं चलाउन सिके । दाउरा खोज्न अन्तै जानु पथ्र्यो । भनेको बेला त्यो पनि पाइँदैनथ्यो । अब यसैमा खाना बनाउँछु, उनले सुनाए ।’ उनी मज्जाले बेल्छन् । आफ्ना कुरा राख्न अलिकति पनि हिचकिच्याउँदैनन् ।

६ वर्षअघि उनको दुबै हात खुट्टामा समान्य फोको आयो । त्यसपछि उपचारका लागि भारतको पटना गए । त्यहाँ केही समय औषधि सेवनपछि रोग ठीक भयो । घर आएर केही समयपछि कमाउन पंजाब गए । त्यहाँ धान काट्ने काम गर्न थाले । त्यसको लगत्तै बाँया औंलामा फेरि सानो फोको आउन थाल्यो । त्यहीं औषधि गरे ।

औषधिको असरले रोग झनै बल्झियो । त्यहाँ कुष्ठ रोग लागेको प्रमाणित भयो । उनको बायाँ हातको एउटा औंला झर्‍यो । बाँया खुट्टामा एउटा पनि औंला छैन । दायाँको २ वटा झरेको थियो ।

रोगले अपाङ बनाएपछि उनी पीडामा परे । त्यसै बेला श्रीमती सुनिता देवीको मृत्यु भयो । त्यसको ठीक एक वर्षपछि ९ वर्षकी छोरीको मृत्यु भयो । ६ वर्षभित्र उनको ४ छोरा र एक छोरीको मृत्यु भयो । परिवारका सबै सदस्यको मृत्युपछि उनी थप पीडामा परे । लामो समयको उपचारपछि अहिले उनको स्वास्थ्य ठीक छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?