कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीको डिलमा हरियाली पार्क

शाहीमान राई

जनकपुर — बाक्लो घना बस्ती । सहरको धूलो, धूवाँ, फोहोरमैला, त्यसमाथि अत्यधिक गर्मी । सुन्दर, स्वच्छ, रमणीयस्थल खोज्दै कहाँ जाने ? अब प्रसिद्ध धार्मिस्थल जनकपुरका बासिन्दाका निम्ति रमाइलो, शान्त, शित्तल र फराकिलो पार्क बनेको छ । वनभोजस्थल समेत हुने गरी उक्त पार्क निर्माण भएको हो ।

पोखरीको डिलमा हरियाली पार्क

सहरी विकास तथा भवन निर्माण विभागले जनकपुर सहरदेखि करिब ५ किलोमिटर दक्षिण नोचाठाकुर पोखरीको किनारामा वनभोजस्थल बनाइदिएको हो । जनकपुरधाम उपमहानगरपालिका–९ रुपैठास्थित वरिपरि घाट, आापको बगैंचा, रूख, बोटविरुवाको शित्तल छहारी रहेको नोचाठाकुर पोखरी डिलमा पिकनिक स्पर्ट निर्माण गरिएको हो । विभागले यो कामका लागि ३ करोड ६० लाख खर्च गरेको छ ।

नोचाठाकुर पोखरी सौन्दर्यकरण तथा पिककिनस्थल निर्माण समितिले पोखरीको संरक्षण, सिंढी पर्खाल र पिकनिकस्थल निर्माण गरिएको हो । करिब १२ बिघा जमिनमा ९ सय मिटर क्षेत्रफलमा फैलिएको नोचाठाकुर पोखरी किनारामा आकर्षक, स्वच्छ, सफा, सुन्दर, वातावरणयुक्त वनभोजस्थल निर्माण गरिएको विभागका इन्जिनियर श्रवणकुमार यादवले बताए । पोखरीको डिलमा ३० फिटसम्म सिंढी निर्माण गरिएको छ ।

बजारदेखि एकान्तमा रहेको नोचाठाकुर पोखरीको डिलमा शान्त मनले आराम गर्ने, फोटो खिच्ने, पौडी खेल्ने, स्वच्छ हावा ग्रहण गर्न उपयुक्त वातावरण रहेको इन्जिनियर यादवले बताए । पिकनिकस्थलमा पिउनेपानी, बाथरुमसहितको आरामदायी शौचालय, खाना पकाउने ठाउँ, फोहोरमैला व्यवस्थापन, हरियाली बगैंचा र फूलबारी निर्माण गरिएको छ ।

‘पोखरी संरक्षण र पोखरी आसपासको क्षेत्रलाई वनभोजस्थलका रूपमा निर्माण गरिएको छ, यादवले भने, ‘स्वच्छ वातावरण भएकाले नोचाठाकुर पोखरीलाई पर्यटकीय आकर्षणको केन्द्रकै रूपमा विकास गर्ने उद्देश्य छ ।’ धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलले प्रख्यात जनकपुरमा वनभोजस्थलले अर्को आकर्षणको केन्द्र थपेको छ ।

प्रकाशित : आश्विन ६, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?