२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

इन्धन अभावको असर

सडकमा पातलो सवारी सधान
रवीन्द्र उप्रेती

महोत्तरी — सहमतिपछि चालकले आन्दोलन फिर्ता लिए पनि महोत्तरीका सडकमा भने शनिबार पालतो सवारी साधन गुड्यो ।

इन्धन अभावको असर

सरकारले जारी गरेको सवारी ऐन चालकमैत्री नभएको भन्दै यहाँका सवारी चालकको मंगलबारदेखि सार्वजनिक आवागमन ठप्प पारेका थिए । लगातारको बन्दका कारण महोत्तरीलगायतका छिमेकी जिल्लाको जनजीवन प्रभावित बनेको थियो ।

बर्दिवासस्थित इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत विमल भट्टराईको अध्यक्षतामा शुक्रबार भएको सहमतिपछि आन्दोलन फिर्ता लिई सवारी सञ्चालन गर्ने सहमति हो । भट्टराईका अनुसार विभिन्न यातायात सेवा प्रालिका प्रबन्ध सञ्चालकहरू, आन्दोलनरत चालकहरू, यातायात व्यवसायी, इलाका प्रहरी प्रमुख नकुल पोखरेल, जिल्ला ट्राफिक प्रमुख डिल्लीप्रसाद मैनालीलगायतको उपस्थितिमा भएको सघन छलफलपछि सहमति भएको थियो ।

तीन बँुदे सहमतिमा अब उप्रान्त आफ्ना माग बन्द, हडताल, सडक जाम गरेर नभई शान्तिपूर्ण ढंगले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराउने । माग पूरा गराउने नाममा जाम अवरोधलगायतका अवाञ्छित गतिविधि गर्नेमाथि प्रशासनले आवश्यक कारबाही गर्ने र सवारी सञ्चालन गर्न आवश्यक परे प्रशासनले सहयोग पुर्‍याउने सहमति भएको थियो ।

सहमतिलगत्तै बर्दिवासमा चहलपहल बढेको थियो । बीपी राजमार्गमा सञ्चालन हुने सवारी कम्पनीले बुकिङ खोल्नासाथ काउन्टरमा यात्रुको भीड बढ्न सुरु भएको थियो । बन्दका कारण ग्रामीण भेगमा थन्किएका यात्रु बसले अपरान्ह र साँझमा हर्न बजाएर बन्द फिर्ता भएको र सेवा सुचारु भएको सर्वसाधारणलाई सांकेतिक जानकारी गराएका थिए ।

तर शनिबार भने ६० प्रतिशतभन्दा कम सवारी गुडेको बर्दिवासस्थित जिल्ला ट्राफिकले जनाएको छ । यातायात व्यवसायीले भने पेट्रोलियम अभावले सवै सवारी सञ्चालन गर्न नसकिएको जनाए । जसका कारण यात्रुले कोचिएर यात्रा गर्नु परेको छ भने लामो दूरीका सवारीमा सिट नहुँदा यात्रु अर्को गाडीको प्रतीक्षामा बसेको देखिन्थे । चालक हडतालका कारण भारतबाट पेट्रोलियम आपूर्ति ठप्प भएकाले नेपाल आयल निगमका वितरकले कार्यालय बन्द राखेका छन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?