१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भारतीय कपडा बरामद

महाेत्तरी — भारतबाट तस्करी भई आउँदै गरेका कपडा लगायतका सामान आइतबार जलेश्वर बरामदले पक्राउ गरेको छ ।

भारतीय कपडा बरामद

प्रमुख भन्सार अधिकृत केशव भण्डारी नेतृत्वमा सशस्त्र प्रहरी समेतको संयुक्त गस्तीले सीमावर्ती मनरासिसवा नगरपालिका १ स्थित दशगजा छेउको कट्टी गाउँ नजिकबाट तस्करीका कपडा र बिंडी बनाउन प्रयोग गरिने धुलो सूर्ति बरामद गरेको हो ।

भन्सार गस्तीले बरामद गरेको सामानमा १ हजार ३ सय ६३ मिटर सुती कपडा, १ हजार १ सय ६६ मिटर सटिङ कपडा, १ सय ६ थान सुती सारी, विभिन्न साइजका तयारी कपडा र ११ बोरा सूर्ति छन् । भन्सार गस्तीले कपडासहित एक भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार कपडा, सूर्ति र मोटरसाइकलसहित बरामद सामान १७ लाख ५० हजार मूल्याङ्कन गरिएको छ । सवै सामान दशगजादेखि ५० मिटर वर सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको भण्डारीले जनाए ।

दसंै नजिकिने क्रमसँगै मनरासिसवा लगायतका क्षेत्रमा सीमा तस्करको चलखेल बढेको सुराकीका आधारमा प्रमुख भन्सार अधिकृतको नेतृत्वमा गएको संयुक्त गस्तीले नाका घेराबन्दी गरी तलासी लिँदा बेवारिसे अवस्थामा ती सामान फेला परेको जलेश्वर भन्सारले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?