१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नियन्त्रण भएन झाडा

झाडापखालाबाट ४ वर्षीया बालिकाको मृत्यु
रवीन्द्र उप्रेती

महोत्तरी — भारतीय सीमासंग जुटेको जलेश्वर नगरपालिकाको वडा नं १२ नैनहीमा साताबढीले फैलिएको झाडापखाला अझै नियन्त्रण हुन सकेको छैन ।

नियन्त्रण भएन झाडा

भदौ अन्तिम साता गाउँका सुलेमान, दाउदलगायत ५ जनाको घरमा देखा परेको झाडापखालाबाट मावल आएकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ । मुस्लिम टोलको सयबढी परिवार प्रभावित छन् । प्रभावित हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको उपचारमा संलग्न स्वास्थकर्मीले जनाएका छन् ।


रोग नियन्त्रण र उपचारमा जिल्ला स्वास्थ कार्यालय , जलेश्वर नगरपालिका, प्रशासन र स्थानीय जनप्रतिनिधि जुटेको दाबी गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले नैनहीको मदरसामा शिविर राखेर प्रभावितको उपचार गरि रहेको छ ।


उपचार शिविरबाट जनस्वास्थ निरीक्षक सन्तोष ठाकुरले जनाएअनुसार आइतबार ११ बालबालिकासहित २५ प्रभावितको शिविरमा उपचार चलिरहेको छ । बिरामी थपिँदै जाने सम्भावना यथावत् छ ।


शनिबारसम्म १ सय ८६ जनाको उपचार भएको थियो । आइतबारसमेतको बिरामी संख्या जोड्दा उपचार गराउनेको संख्या २ सय ११ पुगिसकेको ठाकुरले जनाए ।


जिल्ला स्वास्थ प्रमुख डा. राजीव झाकाअनुसार इपिडर्मियोलजी रोग तथा नियन्त्रण महाशाखाको टोलीले प्रकोप प्रभावित मुस्लिम बस्तीको शनिबार निरीक्षण गरेको छ । टोलीले रोग परीक्षणका लागि प्रकोप प्रभावितको ‘स्टुल’ को नमुना पनि साथै लगेको उनले जनाए ।


परीक्षण रिपोर्ट प्राप्त भएपछि नियन्त्रणका लागि थप कार्यक्रम सञ्चाल गरिने प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जनाए । उनले परीक्षण रिपोर्टमा झाडापखालाका जीवाणु पहिचान हुने र त्यसअनुरूप नियन्त्रणका थप उपाय सञ्चालन गर्न सहज हुने जनाए । रिपोर्ट प्राप्तपछि जिल्ला विपत व्यवस्थापनको बैठक बोलाई उपचार र नियन्त्रणका लागि रणनीतिक कार्यक्रम तय गर्न लागिएको उनको भनाइ छ ।


‘बिरामीको उपचार र रोकथाममा हामी जति प्रयत्नशील छौ अन्यत्र प्रकोप फैलन न दिन पनि उत्तिकै सजग छाैं,’ प्रजिअ ढकालले भने ।


भारतीय सीमासँग जोडिएको नैनहीको मुस्लिम बस्तीमा कसरी झाडापखाला फैलियो आधिकारिक जानकारि बाहिर आएको छैन ।


वडाध्यक्ष रामतपेश्वर ठाकुरकाअनुसार भने धान खेतको प्रदूषित भुरा माछा खानाले महामारी फैलिएको हो । ती माछा बस्तीमै पुगेका भारतीय माझी (मलाहा) सँग खरिद गरेको टोलवासीलाई उद्धृत गर्दै उनले जनाए । घना बस्ती भएकोले रोग छिटो फैलिएको र रोकथाम असहज बनेको ठाकुरको भनाइ छ ।


जिल्ला स्वास्थ प्रमुख डा. राजीव झाका अनुसार भने महामारी फैलिएको २ दिनपछि मात्र असपतालमा जानकारी आएकोले तत्कालै उपचार र रोकथामको प्रयास गर्न नसकिएको हो ।


मेडिकल टोलीले उपचारको साथै गाउँमा स्वास्थ शिक्षासमेत एकै साथ सुरु गरेको जनाएको छ । प्रदूषित खान नखान, बस्ती सफा राख्न, स्वच्छ पानी प्रयोग गर्न, फोहोर व्यवस्थापनलगायत जानकारी दिन थालेपछि रोक नियन्त्रणमा आएको डा. झाले जनाए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?