कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम — प्रदेश २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ । 

एसिड पीडितलाई थप राहत घोषणा

मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गरेका हुन् । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप तीन लाख रुपैयाँ रकम दिने घोषणा गरिएको हो ।


यसअघि एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको थियो । मुख्यमन्त्री राउतले सम्झना दासको जीवनरक्षा गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै उपचाररत सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।


उनले सो घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?