१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपमहानगरका पदाधिकारीले गरे वृक्षारोपन

जनकपुर — जनकपुर उपमहानगरका निर्वाचित पदाधिकारीहरुले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा वृक्षारोपन अभियान सुरु गरेका छन् ।

उपमहानगरका पदाधिकारीले गरे वृक्षारोपन

मेयर लालकिशोर साह, उपमेयर रेणु झासहित झण्डै आधा दर्जन वडाध्यक्षहरु जनकपुर ४ विद्यापति चौकस्थित दुर्गामन्दिर परिसरबाट वृक्षारोपण अभियान सुरु गरेका हुन् । त्यसपछि एकीकृत सहरी विकास आयोजनाअन्तर्गत नवनिर्मित परिक्रमा सडक पेटीमा रुख रोपेर यस अभियानलाई निरन्तरता दिएका थिए ।


‘सफा, सुन्दर तथा स्वक्ष जनकपुरधाम बनाउने हाम्रो अभियान हो । यस अभियानअन्तर्गत नगरभरि वृक्षारोपण गर्छौ’ मेयर साहले कान्तिपुरसँग भने । एकिकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरमा निर्माण हुने सडकको पेटीमा वृक्षारोपण गर्ने योजना छ ।

प्रकाशित : आश्विन ९, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?