कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाल टाँगेर चिठ्ठा

सन्तोष सिंह

जनकपुर — जनकपुरका धेरैजसो युवा क्लब चिठ्ठा सञ्चालन गरेर ठगी गर्ने गरेको छ । बाटो नै छेकेर टेन्ट टाँगेर युवा क्लबहरू चिठ्ठा सञ्चालन गरी ठगी गरे पनि स्थानीय प्रशासन नहेरेझैं गर्छन् ।

पाल टाँगेर चिठ्ठा

परे उपहार नपरे उपकार भन्दै सर्वसाधारणहरूलाई वर्षौंदेखिे रामचोकमा गणेश युवा कमिटीले अवैध तरिकाले फ्री नम्बर, लक्की टिकट भन्दै आफ्नो व्यापार चलाउँदै आएको छ ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले विगतका वर्षहरूमा गर्ने चिठ्ठा सञ्चालन गर्दै आएकाले त्यता तिर ध्यान नदिएको बताए । चिठ्ठा सञ्चालन किन गरेको छबारे बुझ्दै छु, लामिछानेले भने, ‘कानुनविपरीत चिठ्ठा सञ्चालन गर्न पाइँदैन । सञ्चलन गरेको खण्डमा कारबाही हुन्छ ।’ सर्वसाधारणलाई कठिनाइ हुने कुनै किसिमको ठगी धन्दा वा अवैध कार्य मान्य नहुने उनले बताए ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले कानुनी रूपमा चिठ्ठा काट्न नमिल्ने बताउँछन् । क्लबहरूले चिठ्ठा काट्ने गरेको जानकारी आएको छैन, उनले भने । जिल्ला प्रहरीका अनुसार चिठ्ठा सञ्चालन गर्न जिल्ला प्रशासनबाट अनुमति लिनुपर्छ । तर, प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार जिल्ला प्रशासनले चिठ्ठा काटने कुनै अनुमति दिएको छैन ।


यता, चिठ्ठा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको गणेश युवा कमिटीका अध्यक्ष सुनील दासले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?