कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेकपा एकीकरण : प्रदेश २ मा एउटै संसदीय दल बनाइयाे

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश २ प्रदेशसभामा रहेको नेकपा एमाले र माओवादी केन्द्र संसदीय दल कार्यालय विघटन गरी सोमबारदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ संसदीय दल निर्माण गरिएको छ ।

नेकपा एकीकरण : प्रदेश २ मा एउटै संसदीय दल बनाइयाे

प्रदेशसभा गठन भएको आठ महिना अधिक बितिसक्दा पनि दुवै पार्टीको संसदीय दल तथा दलका नेता बेग्ला बेग्लै थिए ।

नेकपा प्रदेश २ का अध्यक्षका प्रभु साहको अध्यक्षतामा आइतबार सम्पन्न प्रदेश कमिटी बैठकले एकीकृत संसदीय दल निर्माणसँगै मातहतका सबै कमिटीहरुको एकीकरण गर्न आठ वटै जिल्लामा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले कात्र्तिक पहिलो सातासम्म जिल्ला तथा मातहातका सम्पूर्ण कमिटीहरु एकीकृत भईसक्ने दाबी गरे ।

एकीकृत पार्टी कार्यालयको उद्घाटन तथा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान गर्न कार्तिक ६ गते जनकपुरमा भव्य कार्यक्रम आयोजना गरिने जानकारी पनि उनले दिए । पार्टी उद्घाटन समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहभागी हुने उनले बताए ।

कार्तिक पहिलो सातासम्म जिल्लामा रहेका अलग अलग पार्टी कार्यालयहरु एकिकृत गर्ने , पूर्व दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेको सम्पति एकीकृत गर्ने तथा दुवै पार्टीको सदस्यता विवरण र अभिलेखहरु अद्यावधिक गरी प्रदेश कार्यालयमा बुझाउने निर्णय समेत भएको अध्यक्ष साहले जानकारी दिए ।

जिल्ला मातहातका सबै कमिटीहरुको एकिकरण सिफारिस लगायतका काम गर्न प्रदेश २ भित्रका आठ वटै जिल्लामा चार सदस्सीय कार्यदल समेत गठन गरिएको छ ।

धनुषामा श्रवण यादव,रामचन्द्र मण्डल,श्रीप्रसाद साह र राजकिशोर यादव,महोत्तरीमा योगनारायण यादव,शौखीलाल यादव,राजु खडका र तुलसी ढुंगाना,सिरहामा लीलानाथ श्रेष्ठ,प्रमोद कुमार यादव, रामकुमार यादव र अजयशंकर नायक , सप्तरीमा अशोक कुमार मण्डल,महेश यादव,रामप्रीत पासवान र गोविन्द न्यौपाने, सर्लाहीमा कमला देवी महतो, रेवती पन्त, डाचारराज वाग्ले र शिवपुजन यादव, रौतहटमा युवराज भट्टराई, उपेन्द्र साह , कल्याण खडका र कमल यादव , बारामा गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलबीर चौधरी र सुन्दर विश्वकर्मा तथा पर्सामा रामचन्द्र साह, प्रभु हजारा, विजय महतो र छोटेलाल यादव कार्यदल सदस्यमा रहेको जानकारी पनि अध्यक्ष साहले दिए ।

प्रकाशित : आश्विन २२, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?