१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश प्रहरी गठन गरिने बताएका छन् । प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधामले आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाडै प्रदेशसभाबाट पारित हुने विश्वास समेत व्यक्त गरे ।

संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत

प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नुे आवश्यक्ता, राउतले भने, ‘समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन बमोजिम नै हुने छ । ’


संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेकोले प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको छ, उनले भने । प्रहरी संगठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको छु, राउतले भने, ‘प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग हुने छ । यसले संघीयतालाई आत्मसात गरेको छ । ’


आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?