१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घूस लिँदालिँदै पर्साका शिक्षा समन्वय इकाइ प्रमुख पक्राउ

भूषण यादव

पर्सा — पर्साका शिक्षा विभाग तथा समन्वय इकाइ प्रुमख लालबाबु साह घूस लिँदालिँदै पक्राउ परेका छन् ।

घूस लिँदालिँदै पर्साका शिक्षा समन्वय इकाइ प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले साहलाई बिहीबार ४० हजार घूससहित रंगेहात पक्राउ गरेको हो ।

पर्साको जगरनाथपुर गाउँपालिकामा-३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम फुकुवाका लागि भन्दै यादवले ४० हजार घूस मागेका थिए ।


यादवलाई अपरान्ह वीरगञ्ज महानगरपालिका-१४ चिनी मिल आवास क्षेत्रस्थित साहको क्वाटरबाट अख्तियारले पैसा लिने क्रममा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?