चन्द्रपुरमा ‘मबिना कसैकसैलाई...’

शिव पुरी

रौतहट — चन्द्रनिगाहपुर युवा समूहको चौथो प्रस्तुति दसैं तिहार उत्सवमा आइतबार दिउँसोदेखि दर्शकको निकै चहलपहल थियो  । चोक नजिकको मैदानमा उत्सवका लागि बनाइएको स्टेज हेर्दै फर्कदै गर्थे दर्शक  ।

चन्द्रपुरमा ‘मबिना कसैकसैलाई...’

गायक प्रमोद खरेल आउने भनेपछि दर्शकको भीड लागेको हो ।


साँझ ढल्किँदै गर्दा मञ्च वरपर दर्शकको भीड लागिसकेको थियो । त्यसै क्रममा केही समय स्थानीय कलाकारले समेत गाउने र नाच्ने अवसर पाए । हास्यकलाकार निशान्त कटुवालले बलिउड कलाकार शलमान खान, शन्नि देवल, सुनिल सेठी लगायतको क्यारीकेचर गरे । प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत केचर गर्न भ्याए । दर्शकलाई केही बेर उनले मज्जाले हसाए । त्यसपछि मञ्चमा गायिका जुनु प्रसाईं देखा परिन्, उनले ‘लैजा घुमाउन मलाई ठमेल बजार’ जस्ता विभिन्न रिमिक्स गीत गाइन् । कान्छो गायक आरके क्षत्रीले पनि दर्शकलाई तताए । तर उनीहरू कसैको पर्खाइमा देखिन्थ्यो ।


दर्शक दीर्घा स्टेज नियाली रहेको थियो । जब ५ : ३० बज्यो अनि गायक प्रमोद ‘माया गर्ने मुटु नै हो’ भन्ने गीत गाउँदै मञ्चमा उक्लेपछि दर्शकलाई हुटिङ गर्न बाध्य भयो । बाहिर सडकमा बसेका दर्शक समेत कुदाकुद गरी मञ्चतिर हानिए । त्यसपछि ‘मबिना कसैकसैको मुस्किल छ पोखरा’ गीत गाएर दर्शकलाई निकै झुमाए ।


दर्शकको डिमान्ड पनि यही थियो । प्रमोद सँगै दर्शक पनि गाउन थाले । त्यसैबीच उनले ‘ओई झुमा ओई झुमा ओई झुम्का वाली’ गीत गाउँदा दर्शकको हुटिङ थेग्नै नसक्ने थियो । उनले दर्शकलाई कम्मर मर्काउन ढोका खोली दिए । मञ्चको ठीक अगाडि युवा युवती र किशोरकिशोरीको भीड थियो । अर्कातिर अधबैंसे महिला तथा पुरुषहरू । गायक प्रमोदको गीतमा उनीहरू समेत तालीले साथ दिएका थिए । ‘चल बतास चल’ ‘उसले जति माया’ जस्ता हिट गीत गाए उनले । कान्तिपुर टेलिभिजनको चर्चित शो भ्वाइस अफ नेपालको संकेतका लागि उनले दर्शकलाई दुई वटा औंला उचाल्न अनुरोध गरे । सबैले उचाले पनि ।


जोसिलो पारामा गीत गाउन व्यस्त गायक प्रमोद दर्शक दिर्घा नियाल्दै निकै खुसी देखीन्थे । उनले चन्द्रपुरमा जस्तो जोसिला दर्शक अन्त नभएको बताए । गितले नै दर्शकलाई कम्मर मर्काउन बाध्य बनाउथे । उनलाई साथ नदिने दर्शक थिएन । दर्शक कोही भिडियो खिच्न त कोही फोटो खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । साँझ ढल्दै जाँदा दर्शक दिर्घा हतार बिर्साउन कम्मर मर्काइरहेका भेटिन्थे । भीडमा नचाच्ने कोही भएनन् । उनले दर्शकको फर्माइस पूरा गर्न बिर्सिएनन् । गीतमा दर्शकबाट वान्समोरको आवाज गुन्जिरह्यो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?