कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खुर्सानी–प्याजको झोलामा लागूऔषध

रवीन्द्र उप्रेती

महोत्तरी — सुरक्षाकर्मीले लागूऔषधमा कडाइ गर्न थालेपछि तस्करले ओसारपसारका नयाँ तरिका अपनाउन थालेका छन्  । तरकारीको सामान्य झोला तलासी लिँदा ठूलो परिमाणको लागूऔषधी फेला परेपछि प्रहरीले लागूअ‍ौषधसहित ओसारपसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको र अर्का एक जनाको खोजी गरिरहेको जनाएको छ  ।

खुर्सानी–प्याजको झोलामा लागूऔषध

यो घटनाले सुरक्षा निकायलाई समेत चकित पारेको छ । प्रहरी नायव निरीक्षक रामलाल यादवको नेतृत्वमा सोमवार खटिगएको गस्तीले समसी २ पर्सा टोलका ३५ वर्षीय सफिक रहमानलाई लागूऔषधसहित पक्राउ गरेको हो । भारतको कन्हमा बजारबाट तरकारी किनेर आउँदै गरेका सफिकलाई भारतीय सीमा नजिक समसी ६ मा चेकजाँच गरेको थियो ।


उनले प्लास्टिकको झोला बोकेका थिए । प्रहरीले चेकजाँच गर्दा झोलाभित्र एक लिटरको खाने तेलका बोतल भेटियो । झोलामा पोलिथिन ब्याग पनि थियो । पोलिथिनमा एक पाउ सुकेको खुर्सानी र एक किलो जति प्याज देखियो ।


‘खुर्सानी र प्याज उधिन्दा झोलामा ४ थरिका लागूऔषध भेटिएपछि हामीलाई नै चकित तुल्यायो,’ प्रहरी नायव निरीक्षक यादवले भने ।


सफिकको झोलाबाट नाइट्राभेट १ सय ८० थान, स्पामो प्रोक्सिभोन ट्यावलेट ९७ पिस, नुफिन इन्जेक्सन ३० थान, फेलारगन ६० थान, डाइजापाम ३ थान फेला परेपछि उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।


प्रारम्भिक बयानमा सफिकले उनकै एक नातेदारले उक्त लागूअ‍ौषध बर्दिबास पुर्‍याउन जिम्मा दिएका बताएका छन् । प्रहरीले उनको बयानका आधारमा तिनका नातेदारको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?