नेपाल-भारत सम्बन्ध नेहरुकालजस्तै सुमधुर : मन्त्री महासेठ

श्यामसुन्दर शशि

जनकपुर — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल, भारतको अहिलको सम्बन्ध भारतका संस्थापक प्रधानमन्त्री जवाहरलाल नेहरु काल जस्तै सुमधुर भएको बताएका छन् ।

नेपाल-भारत सम्बन्ध नेहरुकालजस्तै सुमधुर : मन्त्री महासेठ

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर –जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणको क्रममा भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीहरुसँगको भेटमा भनेका थिए– ‘ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुबै सरकारबीचको सम्बन्ध नेहरुकालजस्तै सुमधुर छ ।’


नेपाल–भारत बीचको जनजन बीचको सम्बन्धलाई कूटनीतिक सम्बन्धभन्दा पनि प्रवल भएको उल्लेख गर्दै उनले दुई देश बीचको रोटीबेटीको सम्बन्ध हालका दिनमा अझ सुमधुर भएको उनले बताए । उनले भने–‘ भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कुर्था–बर्दीवास रेल यसको उदाहरण हो ।’


यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौं रेल मार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौं योजनामाथि काम भइरहेको उनले बताए । मन्त्री महासेठले जयनगर–जनकपुर–कुर्थासम्म डिसेम्बरसम्म निर्माण काम सम्पन्न भई सञ्चालन पनि भई सक्ने जनाए । महासेठले रेलमार्ग निर्माण काम सम्पन्न भए पछि दुबै देशमा विकासको लहर चल्ने बताए । उनले भने– 'रेल बन्द हुँदा गत पाँच वर्षदेखि सीमावर्ती बजारहरु पनि सुकेका थिए । रेल सञ्चालन सँगै बाजारहरु पुन: गुलजार हुने छ ।'


मन्त्री रघुवीर महासेठसंगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रा गरेका थिए ।

प्रकाशित : आश्विन ३०, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?