२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हराउँदै लिंगेपिङ

कान्तिपुर संवाददाता

रौतहट — ५ वर्ष अघिसम्म दसैंमा यहाँका गाउँ/गाउँमा लिङेपिङमा मच्चिनेको संख्या अधिक हुन्थ्यो । दसैको पूर्वसन्धयामा यहि पिङ खेलेर मानिस रमाउथे । गाउँमा लिंगो गाँडेर पिङ राख्न थालेपछि दसैं आएको संकेत हुन्थ्यो ।

हराउँदै लिंगेपिङ

पछिल्लो समय दसैं–तिहार सम्मै रौनक बढाउने लिङेपिङ विस्तारै हराउदै गएको छ । अहिले गाउँघरमा फाट्टफुट्ट मात्र देख्न पाइन्छ ।


दसैंको घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिङेपिङ हालेर बालबालिका देखि ठुलासम्म खेल्थे, त्यसैमा रमाउने गर्थे । आज भोलि निक्कै कम भएको छ । पहाडमा बाहेक रोटे र जातेपिङ देख्नै छाडिएको छ । कतैकतैं मात्र लिङेपिङ मात्रै देखिन्छ । पुराना सस्कृति लोप हुदै गएको स्थानीय समाजसेवी डा. शालिग्राम उपाध्यायले बताए ।

‘एक दशकअघि सम्म गाउँमा सालको काठ र बासको लिङेपिङ बनाएपछि दसै आएको जस्तो भान हुन्थ्यो,’ उनले भने, ‘अव यस्तो सस्कृतिको लोप हुदै गएको छ ।’ दसैंसगै धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिङेपिङ रौतहटको सिमित ठाउँमा मात्र देख्न सकिन्छ । गौरस्थित राइस मिलको मैदानमा सशस्त्र प्रहरीले हरेक बर्षको दसैंमा पिङ बनाइदिन्छ । जहाँ मधेसी समुदाय पनि पिङ खेलेर रमाउँछन । यसले पनि केही रमाइलो भएको स्थानीयको भनाइ छ ।


यसवर्ष दसैंमा मुस्किलले ७/८ स्थानमा मात्र लिङेपिङ राखियो । पहिले पिङ खेलेर गाउँ घरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म रमाइरहेका हुन्थे । दसैंदेखि तिहारसम्म पिङमा रमाउने गर्छन् । विस्तारै पिङ खेल्ने परम्परा कम हुदै गएको छ । पिङमा मच्चिनेहरू कम हुदै गएका छन् । पहिला मौलिक बाजाका गित घन्किएको, चंगा उडाएको र लिंगेपिङ मच्चिएको देख्नासाथ दसैं आएको रौनक हुन्थ्यो । गाउँ/गाउँमा लिंगो गाडेर पिङ राख्न थालेपछि दसैं, तिहार आएको संकेत हुन्छ ।

त्यस पछि मानिसहरू परिकारका सरसमान जोहो गर्न लाग्छन् । पिङ संस्कृतिको यो सुन्दर पक्ष हो । पिङ राखेको ठाउँ जमघट हुने स्थल हो । यस्ले सहर बजार विदेश गएकाहरू फर्केको थाहा हुन्छ । बिदेश बसेकाहरू समेत पिङमा मच्चिन्छन । आनन्द लिन्छन । यो एउटा शुभकामना साटासाट गर्ने संगम पनि हो । पिङ खेल्दा हुने आनन्द अविस्मरणीय हुन्छ । ‘यस्तो सस्कृति जोगाउनु पर्छ,’संसाद देबप्रसाद तिमल्सिना भन्छन,’‘पिङले साहस पनि बढाउछ ।


अनि पिङ दशै तिहारको शान पनि हो । यस्तो सस्कृति जोगाउनु सबैको कर्तब्य पनि हो ।’ दशैको बेला कतै बगैंचामा डोरी बाँधेर पिङ राखिएको देखीन्छ । घटस्थापना सगै टोल टोलमा लिंगेपिङ बनाउने प्रतिस्प्रर्धा नै चल्थ्यो । यूवाहरूको जमात जंगल गएर बाबियो ल्याउथे । त्यसैलाई बाटेर डोरि बनाउथे । यही डोरी लिङेमा बाधेर पिङ बनाउने चलन थियो । अव हराउदै गएको छ । लिङो पनि बासको बनाईने गरिएको छ ।


मनोरञ्जनका लागि आधुनिक प्रविधि आए सगै युवा पुस्ताको ध्यान त्यतै जान थालेकोले समस्या भएको पुराना बुढापाकाहरू बताउछन् । केही बर्ष अघि सम्म जिल्ला वनको अनुसमत लिएर जंगलबाट सालको लिङो काटेर ल्याउथे । अव त्यो पनि हराईसकेको छ । वनले कडाई गर्न थाले पछि स्थानियले बासको लिङो बनाउन थालेका हुन । त्यो पनि बिस्तारै कम हुदै गएको स्थानिय फिरोज श्रेष्ठले बताए । ‘पहिला दशै आउने महिना लागे पछि जताततै पिङ देख्न पाईन्थ्यो,’ उनले भने, ‘अव कहाँ पिङ बनाईएको छ, भनेर सोध्नु पर्छ ।’ बिगतमा पिङ खेल्दाको मज्जा बारे उनले सुनाए ।


मधेसमा पिङ
मधेसमा पिङलाई झलुवा भनिन्छ । भदौमा रोपाइ सकिए पछि नागपञ्चमी र रक्षाबन्धन पर्व आउन लाग्दा बुहारीहरू माइती फर्कन्छ ।


त्यसपछि छोरी बुहारी गीत गाउँदै मधेसमा पिङ खेलिन्छ । पिङ खेल्न अघि भजनबाट सुरु गरेर कजरी तीज गीत पनि गाउछन् । जुन तिहारसम्म चल्छ । पहाड होस वा तराईमा आजभोलि पिङ इतिहास बन्न थालेको मधेशी नेता अनिल सिहले बताए । ‘पछिल्लो समय हामि संस्कृति बिर्सदै छौं,’ उनले भने, ’भावी पुस्ताका लागि यस्ता सस्कृति अव इतिहास मात्र हुने छ ।’

पहाडे समुदायको बसोबास भएको क्षेत्रमा मधेशी समुदायका मानिस समेत पिङमा रमाउथे । उनिहरू संगै झुल्थे । पिङ खेल्न पनि तरिका चाहिन्छ । मच्चिन जो पायो त्यसैले सक्दैन । त्यसैले पनि यसको बिशेषता रहेको सांसद तिमल्सिनाको भनाई छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?