कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

केन्द्र सरकारका कारण संघीयता धरापमा: मुख्यमन्त्री राउत

पवन यादव

सिमरा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केही उच्च पदस्थ कर्मचारी र परिवर्तन विरोधीका लागि संघीयता ‘अन वान्टेड बेबी’ बनेको बताएका छन् ।

केन्द्र सरकारका कारण संघीयता धरापमा: मुख्यमन्त्री राउत

बारा सदरमुकाम कलैयामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता विरोधीहरु अहिले पनि चलखेल गरिरहेको आरोप समेत लगाए ।


‘कसैले चाहेर होस् वा नचाहेर होस जे जस्तो भएपनि बेबी त जन्सिक्यो,’उनले भने,‘बेबी जन्मिसकेपछि उसलाई बढीभन्दा बढी केयर गरेर बचाउनु पर्छ ।’

उनले भने,'बेबीलाई माया चाहिन्छ । केयर चाहिन्छ । ममता चाहिन्छ । हुर्कनको लागि न्यूट्रिसन चाहिन्छ । त्यस्तै सुरुको फाउण्डेसन निर्माण गर्न संघीय सरकारको जुन किसिमको सहयोग चाहिन्छ । त्यो सहयोग संघीय सरकारबाट समयमा नपाइरहेको अवस्था छ । त्यसकारण विकास निर्माणको काम अघि बढाउन प्रदेश सरकारलाई समस्या भइरहेको छ । '


प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाएर अघि बढिरहे पनि संघीय सरकारको सपोर्ट पाउन नसकिएको मुख्यमन्त्री राउतले आरोप लगाए ।


स्वास्थ्य,शिक्षा,उद्योगधन्दा लगायत सञ्चालनको जिम्मा पनि प्रदेश सरकारकै काँधमा आएको उनले बताए । मुलुक कोर्समा अघि बढी सकेपछि त्यो कोर्सबाट अहिले पछि हटि सक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे ।


संविधानको धारालाई टेकेर नै प्रदेश सरकारले संघीय कानुनकै अधिनमा रहेर प्रदेश प्रहरी ऐन ल्याएको उनले जानकारी दिए । सिमांकनको विवाद,नागरिकतामा समस्या लगायतका बुँदा तत्कालै संशोधन मार्फत सच्याउनु पर्नेमा उनले जोड दिए ।


संघीय सरकारका कारण संघीयता धरापमा पर्ने खतरा देखिएको जिकिर समेत उनले गरे । संघीयतालाई विफल पार्नका निमित्त प्रदेश सरकारका कतिपय कार्यहरुमा संघीय सरकारले अवरोध गरिरहेको आरोप समेत उनले लगाए ।

प्रकाशित : कार्तिक ५, २०७५ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?