कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झडप नियन्त्रण गर्न १० राउण्ड अश्रु ग्यास प्रहार

पवन यादव

सिमरा — बाराको पचरौता नगरपालिकाको बेनौली गाउँमा सोमबार दिउँसो दुई पक्षबीच भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

झडप नियन्त्रण गर्न १० राउण्ड अश्रु ग्यास प्रहार

उक्त नगरपालिकाको बेल्दारी टोलका बासिन्दाले आफ्नो गाउँ टोलमा बन्न लागेको अस्पतालको काम नरोक्न दबाब दिन नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाउन हिडेका थिए ।


सिमावर्ती उक्त गाउँमा नभई नगरपालिकाको बीच सेन्टरमा पर्ने बेनौली गाउँमा अस्पताल निर्माण गरिनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका बेनौलीवासीले ज्ञापनपत्र बुझाउन आउँदा बेलदारीका बासिन्दाले बाटो रोकेपछि दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रंजित सिंह राठौरले बताए ।


बाँसको चिरपट बोकेर मारपीट गर्न थालेपछि उक्त झडपलाई नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरिएको उनले जानकारी दिए ।


झडपमा एक/दुई जना गम्भीर घाईते भएको आफुले सुनेको तर उनीहरुको नाम, वतन नखुलेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी आफुले पाएको डिएसपी राठौरले बताए ।


झडपमा घाइते भएका मानिसहरुको तथ्यांक उपलब्ध हुन नसकेको उनले जानकारी दिए ।


विगत एक महिनादेखि अस्पतालको विषयलाई लिएर नगरपालिकामा विवाद हुदै आएको स्थानीयले बताएका छन ।

प्रकाशित : कार्तिक ५, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?