कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेकपा कार्यालयमा चोरीको बिजुली

‘राजविराज–७ मदननगर स्थित साविकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो’
अवधेशकुमार झा

राजविराज — राजविराजस्थित सतारुढ नेकपाको पार्टी कार्यालयमा चोरीको बिजुली बल्ने गरेको पाइएको छ  । राजविराज–७ मदननगरस्थित साबिकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो ।

नेकपा कार्यालयमा चोरीको बिजुली

साबिकमा एमाले पार्टी कार्यालय रहेको उक्त भवन अब नेकपाको कार्यालयका रूपमा प्रयोग गर्ने सहमति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय प्रशासनसितको समन्वयमा जिल्लाका ग्रामीण क्षेत्रमा हुकिङ गरी बिजुली चोरी गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने गरे पनि सतारुढ दलकै जिल्ला पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी बिजुली चोरी गर्ने गरिए पनि न प्राधिकरणको न त स्थानीय प्रशासनकै ध्यान पुग्न सकेको छ ।

उक्त पार्टी कार्यालय सुरक्षार्थ ६ जना प्रहरी समेत २४ सै घण्टा रहने गरेको छ । पार्टी कार्यालय सुरक्षार्थ रहेका एक प्रहरीले कान्तिपुरसित भने, ‘हामीले बोल्यो कि जागिर धराप हुन्छ, पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी चोरीको बिजुली बाल्ने गरिएको छ, हामी चोरीको साक्षी बनेर बस्नुपरेको छ ।’ पार्टी कार्यालयमा आउने जिम्मेवार नेतालाई हुकिङ गरी बिजुली बालिने गरिएको विषयमा जानकारी गराउँदा चासो नदिने गरेको ती प्रहरीले बताए ।

विभिन्न समयमा उक्त पार्टी कार्यालयमा हुने गरेको कार्यक्रममा पार्टीका उच्च तहका नेताहरूदेखि प्रशासकहरू समेत पुगने गरे पनि पार्टी कार्यालयमा हुकिङ गरी बिजुली प्रयोग भइरहेको विषयमा भने कसैको ध्यान जान सकेको छैन ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद अशोककुमार मण्डल अमरले उक्त पार्टी कार्यालय साविकमा एमालेको रहेको र अब नेकपाको पार्टी कार्यालयका रूपमा प्रयोग गरिने सहमति भए पनि अहिलसम्म उक्त भवनको अवस्थाबारे साबिकके एमालेकै नेताहरू जिम्मेवार हुने बताए ।

तात्कालीन नेकपा एमाले सप्तरीका अध्यक्ष समेत रहेका प्रदेशसभा सांसद गोबिन्द न्योपानेले पार्टी कार्यालयमा चोरीको बिजुली कसले र किन वाल्यो त्यसबारे आफू जानकार नरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हुकिङ गरी विद्युत् प्रयोग गरिएको विषयबारे तत्कालै आफूले बुझ्ने बताए । ‘प्रहरी सुरक्षा रहेको स्थानमा हुकिङ गरी बिजुली बाल्नु गम्भीर कुरो हो,’ प्रजिअ पौडेलले भने, ‘तत्काल बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?