छठ र दीपावलीको चटारो

सन्तोष सिंह

धनुषा — जनकपुरधमा उपनपा–१३ पिडारीको डोम टोलकी २५ वर्षीया किरण मल्लिक डोम बिहान खाना खाएर अबे रातीसम्म काममा व्यस्त छन् । छठ पर्वका लागि बाँसको चोयाका चंगेरा(दाउरी) सुप (नांलो), डाला, सुपली बनाउन व्यस्त छन् ।

छठ र दीपावलीको चटारो

दिनमा एउटा बाँसको चोयाबाट चार वटासम्म चंगेरा बनाउँदा बनाउँदै दिन बित्छ, किरणले भने, ‘छठ पर्व मेरो लागि वर्षभरिको ऋण चुक्ता गर्ने अवसर हो । घर चलाउन पसलबाट लिएको उधारो छठमा चंगेरा, डाला र सुपली बेचेर चुक्ता गर्नु छ ।’

किरणसंगै डोम डोलको चौबाटोमा उनका छिमेकी शिवो मल्लिक, राज मल्लिकलाई समेत चंगेरा(दाउरी) सुप(नाङ्गलो), डाला, सुपली बनाउन भ्याइनभ्याइ छ । डोम टोलको चौबाटो पछिल्लो दुई सातादेखि भरिभराउ छ । स्थानीय डोम समुदायका महिला बाँसको चोयाबाट छठ पर्वमा प्रयोग हुने सामग्री बनाउन ब्यस्त छन् ।

डोम समुदायका महिला दैनिक काम छोडेर छठका लागि आवश्यक सामग्री बनाउन व्यस्त छन् । छठ पर्व खर्च कटाएर डाल, सुपली र दउरी बेचर २० हजारसम्म बचत हुने भएकोले अहोरात्र खटिएका छन् । रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिला यतिबेला कामले भ्याइनभ्याइ छ । घरका पुरुष दैनिक काममा जानुभन्दा अगाडि बाँसको चोया तयार गर्दासम्म खाना पकाउने महिला दिउसो बाँसको सामग्री बनाउने गरेको स्थानीय शिवो मल्लिकले बताए ।

महोत्तरीको गौशाला नपा–९ बिसहरपुर विन समुदाय बाँसको चोयाबाट छठ पर्वमा प्रयोग हुने सामग्री बनाउन व्यस्त छन् । स्थानीय वीरेन्द्र मुखियाका अनुसार पुजा सामग्री राखिने छिट्टी (टोकरी) को अर्डर अत्यधिक छ । छठ नजिक आएकाले घरका चार सदस्यलाई छिट्टी बनाउन भ्याइनभ्याइ छ ।

एक साता लगाएर ४ जनाले ७० वटा छिट्टी बनाउन सकेको छु, सुनर कुमारी देवीले भनिन्, ‘२० वटा छिट्टी बेच्दा ८ हजारसम्म आम्दानी भयो ।’ बिसरपुरमै जुगेशर सहनी, राम चन्द्र सहनी, इन्दु सहनीलाई समेत बाँसको चोयाबाट छिट्टी बनाउन भ्याइनभ्याइ छ । इँटा उद्योगमा काम गर्ने सहनी टोलका स्थानीय यतिबेला बाँसको छिट्टी बनाउन व्यस्त छन् ।

महोत्तरी, सोनमा गाउँपालिका–७ सुन्दरपुरका ५८ वर्षीय राजेन्द्र मण्डित दीपावली र छठपर्वको लागि धमाधम माटोको पूजा सामग्री बनाउन व्यस्त छन् । पण्डितलाई उनका दुई छोरा माटोको दियो, कलश, अन्य सामग्री बनाउन सहयोग गर्दै छन् ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?