२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुई शव फेला

शिव पुरी

रौतहट — रौतहटको दुई नगरपालिकामा बिहीबार दुई पुरुषको शव फेला परेको छ । गरुडा र माधवनारायण नगरपालिकामा शव भेटिएको हो ।

दुई शव फेला

माधवनारायण ६ स्थित माधोपुरको एक खेतमा ३० वर्षका एक पुरुषको शव भेटिएको इलाका प्रहरी गरुडाले जनाएको छ । त्यस्तै गरुडा नगरपालिका ८ को जिंगडीयामा एक पुरुषको शव फेला परेको थियो । जिगंडिया गाउँ जाने बाटोको नालामा डुबेको अवस्थामा ३५ वर्षका एक पुरुषको शव भेटिएको गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताए । ‘फेला परेका दुवै शवको सनाखत हुन सकेको छैन', उनले भने, 'यसबारे थप अनुसन्धान हुँदै छ ।’

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । प्रहरीले सनाखतका लागि मातहतका निकायलाई सञ्चार गरिसकेको जनायो ।


प्रकाशित : कार्तिक १५, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?