१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तरकारी बोक्ने भ्यानबाट गाँजा बरामद

पवन यादव

सिमरा — बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट शनिबार प्रहरीले तरकारी बाेक्ने गाडीबाट गाँजा बरामद गरेको छ । 

तरकारी बोक्ने भ्यानबाट गाँजा बरामद

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले राजमार्गको सवारी चेकिङका क्रममा एक सय ७ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।


मकवानपुरबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ४ त ३८७५ नम्बरको तरकारी बोक्ने पिकप भ्यानमा तरकारी राख्ने क्रेट मुनी लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।


बरामद गाँजा, गाडी र चालक बारा जितपुर सिमरा उपमहनागरपालिका–१२ फत्तेपुरका मुकेसकुमार सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


गाँजा ओसारपोसारमा प्रयोग गरिएको आशंकामा अनुसन्धानका लागि ना ५३ प १५१० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको भट्टराईले बताए ।


यस अघि पनि मकवानपुरबाटै ३४ किलो गाँजा लिएर भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बाराको सुवर्ण गाँउपालिका–३ लंगडाबाट गाजासहित एक भारतीयलाई पक्राउ गरेको थियो । गोप्य सूचनाको आधारमा भारततर्फ जादै गरेको यूपी ५३ एए ११६१ नम्बरको कारलाई रोकेर जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय कवहीगोठको टोलीले उक्त गाँजा बरामद गरेको थियो ।


गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ लैजादै गरेका भारत बिहार पूर्वी चम्पारण लखौरा थाना इनर्वा फुलवार बस्ने २३ वर्षीय शशिकान्त मिश्रलाई गाडीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मिश्रले मकवानपुरबाट भारतीय सहर मोतिहारी पुर्‍याउन हिडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?