२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तस्करीका सामान बरामद

कान्तिपुर संवाददाता

पर्सा — सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजस्व गस्ती गुल्मले साउनयता झन्डै २ करोड मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ  । बरामद सामानमा खाद्यान्न सामग्री, लत्ताकपडा, मोटरपार्टस्, किराना सामान, कीटनाशक औषधि, केराउलगायत छन्  ।

तस्करीका सामान बरामद

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काका अनुसार साउन ११ गते २० लाख ३५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा सहित एउटा ट्रक बरामद भएको थियो । साउन १७ गते ११ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरको एउटा अटो कार, साउन १९ गते लागूऔषध सहितको एउटा स्कार्पियो कार बरामद भएको थियो । कुल गरी साउन महिनामा मात्र ८२ लाख ९९ हजार २ सय ४४ रुपैयाँ बराबरको तस्करीका मालसामान बरामद भएको थियो ।

भदौ ५ गते १० लाख ८ सय १० रुपैयाँ बराबरको कपडा तथा हटकेश, भदौ २८ गते १६ लाख ३४ हजार २ सय ५० रुपैयाँ बराबरको अन्न गरी कुल ४३ लाख ८९ हजार ८ सय ६० रुपैयाँ बराबरको मालसामान बरामद भएको थियो । असोज १० गते २० लाख रुपैयाँ मूल्य बराबरको सिलाइ मेसिनको मोटर र कपडाहरू, २० लाख रुपैयाँ बराबरका क्रिम तथा औषधिहरू, असोज २१ गते १२ लाख ६५ हजार बराबरको मरिच, असोज २८ गते १८ लाख ७१ हजार रुपैयाँ बराबरको पिकअप भ्यान सहितको कीटनाशक औषधि, गरी ३८ लाख २१ हजार ६ सय ३२ रुपैयाँ बराबरको मालसामान बरामद भएको छ ।

कात्तिक ६ गते २० लाख बराबरको बलेरो गाडी बरामद भएको छ । कात्तिकमा हालसम्म २६ लाख ३० हजार रुपैयाँ मूल्य बराबरका तस्करीका मालसामान बरामद भएको छ । यसरी साउनदेखि हालसम्म गरी कुल १ करोड ९१ लाख ४१ हजार २ सय १ रुपैयाँ मूल्य बराबरका मालसामान बरामद भइसकेको प्रनाउ खड्का बताउँछन् । बरामद भएका सामान पर्सा र बाराको विभिन्न नाका तथा वीरगन्ज भन्सारको मूल ढाटबाट गरी बरामद भएको उनले बताए । चाड पर्वको समयमा लत्ताकपडा र खाद्यान्नको तस्करी बढ्ने भएकाले तस्करी रोक्न विशेष सतर्कता अपनाइएको उनले बताए ।

‘नियमित गस्ती र सुराकीबाट प्राप्त सूचनाका आधारमा समेत गस्ती कार्यलाई तीव्रता बढाएका छौं,’ उनले भने, ‘उपलब्ध जनशक्तिलाई सकेसम्म गस्ती कार्यमा प्रयोग गरेका छौं ।’ वीरगन्ज नाका भारत तथा तेस्रो मुलुकबाट मालसामान भित्रिने मुलुककै मुख्य नाका हो । यसै नाकामा तस्कर समूह भन्सार छलेर मालसामान भित्र्याउन समेत उत्तिक्कै सक्रिय रहन्छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो जनशक्ति यहाँस्थित सीमामा तस्करी तथा राजस्व चुहावट नियन्त्रणका लागि खट्ने गरेका छन् । तै पनी तस्कर समूह प्रहरीको आँखा छलेर तस्करी गर्न सक्रिय रहने गरेका छन् । सीमावर्ती गाउँका स्थानीयको समेत तस्करीमा प्रत्यक्ष संलग्नता रहने भएकाले परम्परागत तस्करी पूर्ण नियन्त्रण गाह्रो भएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?