कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा खेती फाँड्दै प्रहरी

भरत जर्घामगर

सिरहा — सिरहाको कर्जन्हा नगरपालिकामा साढे तीन बिघा जग्गामा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरेको छ  ।

गाँजा खेती फाँड्दै प्रहरी

गाँजा खेती हुन सक्ने सम्भावित स्थानहरूको खोजी गर्ने क्रममा कर्जन्हा नगरपालिका–५ स्थित खोला टोलमा साढे तीन बिघा जग्गामा लगाइएको २५ हजार गाँजाको बोट प्रहरीले फँडानी गरेको हो । जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको पत्ता लागेपछि सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठको निर्देशनमा प्रहरी र सशस्त्रको संयुक्त टोलीले गाँजा खेती नष्ट गरेको थियो ।

गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरूले सर्वसाधारण किसानलाई बहकाई हत्तपत्त नदेखिने स्थानहरूमा यसको खेती गर्न उक्साउने गरेका छन् । प्रहरीले बर्सेनि गाँजा पँmडानी गरी नष्ट गरे पनि कृषकहरूले भने यो खेती गर्न छाडेका छैनन् । कतिपयले सिरहामा व्यावसायिक रूपमै यसको खेती गर्दै आएका छन् भने कतिपयले करेसाबारीमा मौसमी रूपमा घरखर्च जोहोका लागि यसको खेती गर्छन् ।

भारतीय बजारमा महँगो मूल्यमा बिक्री हुने, आम्दानी पनि मनग्गे हुने र खेती गर्न पनि कम झन्झटिलो हुने भएकाले लुकिछीपी भए पनि प्रतिबन्धित नशालु पदार्थ ‘गाँजा’ खेती गर्न बाध्य भएको यस खेतीमा संलग्न कृषकहरूको भनाइ छ ।

भदौ महिनामा व्याड तयार गरी रोपिने ‘गाँजा’ पुसको अन्तिम सातासम्म बिक्री गर्न तयारी हुन्छ । तयारी भएपछि व्यापारीहरू गाउँमै किन्न पुग्छन् । कृषकले उत्पादन गरेको गाँजा भारतीय बजारमा प्रतिकेजी ९ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । उत्पादित गाँजा अरू कृषि उपज जस्तो बिक्रीका लागि समस्या र झन्झटिलो नहुने बिक्रेताको अनुभव छ ।

यहाँ उत्पादित गाँजा नेपाली बजारमा नभई भारतीय बजारमा बिक्री हुने भएकाले प्रशासनले यस खेतीलाई मान्यता दिनुपर्ने कृषकको भनाइ छ । सुख्खा र कम सिँचाइ सुविधा भएको जग्गामा समेत गाँजा फस्टाउने भएकाले प्रहरीले बर्सेनि पँmडानी गरे पनि खेती गर्न नछाडेको उनीहरूको भनाइ छ । ‘प्रहरीको आँखा छल्न सकियो भने एक फसलमै वर्षदिनको गुजारा चल्ने आम्दानी भित्रिन्छ,’ गाँजा खेतीमा संलग्न एक कृषकले भने, ‘त्यति जग्गामा धान दुई हजार रुपैयाँको हुन्छ तर गाँजा फस्टायो भने ८० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

यसपालि लुकिछिपी लगाउने सम्पूर्ण गाँजा खेती नष्ट गर्न दुई चरणको अभियान थालिएको सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा लुकिछिपी गरिएको गाँजाको खेती पहिचान गर्न गोप्य खोजी दल खटाउने र दोस्रो चरणमा त्यसरी खटाइएको खोजी दलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौजलाई परिचालन गरिएको छ ।

सोही अभियानअन्तर्गत गत दुई महिनामा सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानमा गरी ५० हजारभन्दा बढी गाँजाको बोट नष्ट गरिसकेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिरहामा खास गरी खोलानदी किनार, चारैतिर रूखहरूले घेरिएको खेत तथा चुरेको फेदीतिर ठूलो संख्यामा गाँजाको खेती गरिन्छ ।

तस्करी बढ्यो
सिरहाका विभिन्न नाका हुँदै भारततर्फ गाँजा तस्करीमा वृद्धि भएको छ । गाँजा तस्करले उदयपुर क्षेत्रबाट बिक्रीका लागि सिरहाका विभिन्न नाका हुँदै भारत तस्कर गर्ने क्रममा वृद्धि भएको हो । भारत भिर्‍याउन सिरहा नाका उनीहरूका लागि उतम मानिन्छ ।

तस्करहरूले सिरहाको उतरवर्ती उदयपुरको चुरे क्षेत्रमा जोडिएको विष्णुपुरकट्टी, मुक्सार हुँदै गागन र बाबुराम खोला, बलान खोला किनारलाई गाँजा तस्करीको उतम ‘रुट’ मा प्रयोग गरेको प्रहरीको भनाइ छ । त्यही रुटलाई प्रहरीले विशेष नागरानीमा राखेको छ ।

तस्करहरूले भारत निकासीका लागि खोलाको सहज बाटो अवलम्वन गरेको र त्यही स्थानलाई प्रहरीले पनि ‘अप्रेसन’ को निसाना बनाएका छन् । पुस महिनासम्म उदयपुर र सिरहाको चुरे क्षेत्रमा किसानहरूले गाँजा बिक्रीका लागि तयारी गर्छन् । गाँजा तस्करले भरियामार्फत माघदेखि चैतसम्ममा भारत निकासीलाई तीव्र बनाउँछन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?