कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दीपावली गर्दा सर्लाहीमा दुई बालकको मृत्यु

रासस

सर्लाही — सर्लाहीको मलंगवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ । 

दीपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।


त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?