३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई किशोरीमाथि सामूहिक बलात्कार

भरत जर्घामगर

सिरहा — जन्मदिनको भोज दिने बहानामा दुई किशोरीमाथि लहान नगरपालिका ११ स्थित भोटियाटोलको फुलबारीमा सामूहिक बलात्कार गरिएको छ । प्रहरीका अनुसार बलात्कृत लक्ष्मीपुर पतारीकी १५ वर्षीया नावालिका र २० वर्षीया युवती छन् । 

उनीहरुलाई भाइटीकाको साँझ जन्मदिनको पार्टी छ भनेर चिनेका दुई युवकले भोटियाटोलको आँपको फूलबारीमा बलात्कार गरेका थिए । फूलबारीमा थप पाँच जना युवक थिए । पीडित २० वर्षीया युवतीले आफू बलात्कृत भएको बताएपछि गाउँलेले इलाका प्रहरी कार्यालय लहानलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले १२ बजे राति नाबालिकाको उद्धार गरेका थिए । तर, बलात्कारमा संलग्न सबै भागिसकेका थिए ।


इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनामा संलग्न तीन जनाको पहिचान खुलिसकेको जानकारी दिए । उनीहरुलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको छ ।


पीडितको बयानअनुसार लहान नगरपालिका ११ का हरिकान्त चौधरीले आफ्नो जन्मदिन भएकोले गाउँकै अनिष चौधरी र सुनिल चौधरीलाई ती किशोरीहरुलाई लिन पठाएका थिए । हरिकान्तसँग दुई वर्षदेखि बलात्कृत युवतीको चिनजान भएको प्रहरीले बताएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?