१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बलात्कार र हत्या आरोपीहरू थुनामा

सन्तोष सिंह

धनुषा — धनुषाको औरहीमा बालिका बलात्कार गरी हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

बलात्कार र हत्या आरोपीहरू थुनामा

सोमबार जिल्ला अदालत धनुषाको ५ नम्बर इजलासका न्यायाधीश राजेश कटवालको इजलासले आरोपित दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । धनुषाको औरही गाउँपालिका–९ वर्षीया बालिका मानिकाको सामूहिक बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डितलाई थुनामा राख्ने आदेश दिएको हो ।


बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेका अभियुक्तलाई जीवित रहेसम्म कैदको मागसहित आइतबार अदालतमा मुद्दा पेस भएपछि सोमबारको इजलासले दुवै आरोपितलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित दुवैलाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जीवित रहेसम्म कैदको माग सहित जिल्ला अदालतमा मुद्दा पेस गरेको छ ।


बलात्कार गरी हत्या गरेको आरोपमा जीवित रहेसम्म कैद हुने नेपालमै पहिलो पटक भएको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जनाएको छ । मुलुकिय अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र सोही ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (१) र (२) को खण्ड (क) मा परिभाषित कसुर अपराध भएको र सो कसुर अपराध सोही ऐनको परिच्छेद ५ को दफा ४१ को खण्ड (क) र (च) परिभाषित भएअनुसार आरोपित दुवैलाई जीवित रहेसम्म कैदको माग गरेको हो ।


ऐनको परिच्छेद ५ को दफा ४१ मा जन्म कैदको खण्ड (क) मा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको र खण्ड(च) मा जवर्जस्ती करणी गरी ज्यान मारेकोलाई जीवित रहेसम्म कैद गर्न सकिने व्यवस्था छ ।


आरोपितहरुले क्रुर व्यहार गर्दै ९ वर्षीया बालिकालाई बलात्कार गरेर घटना लुकाउन हत्या गरेका कारण जीवित रहेसम्म कैद माग गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । बलात्कृत बालिकाको घटना प्रकृति, स्वास्थ्य परीक्षण, आरोपितले स्वयं स्वीकारेको प्रमाणले जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धान प्रतिवेदनका आधारमा वकिल कार्यालयले आरोपित दुवैलाई जीवित रहेसम्म कैदको माग गरेको छ ।


असोज २६ गते साँझ घर अगाडि दुर्ग मेला हेर्न आएकी बालिकालाई बलात्कार गरी हत्या आरोपित दुवै जनालाई जीवित रहेसम्म कैद माग गरिएको हो । आरोपित विनोद र नथुनीले मदिरा खाने क्रममा भट्टीमै मेलाबाट बालिकालाई फकाएर बलात्कार गर्ने योजना बनाएका थिए । मदिरा खाएर मेला आएका दुवै जनाले ९ वर्षीया बालिका मनिकालाई प्रलोभनमा पारेका थिए ।


काका नातामा पर्ने आरोपित नथुनीले १० रुपैयाँ, चाउचाउ, चकलेट लगायतका खानेकुरा दिन्छु भनेपछि मनिका उनीहरूसँग गएका थिए । मेलाबाट करिब १ किमि पर खेतमा लगेर दुवै जनाले बालिकालाई मुख थुनेर बलात्कार गर्ने क्रममा मनिकाको मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपपछि दुवै जना मिलेर धानको हिलामो मुख गाडेर भागेका थिए । बालिका हत्या भएको एक दिन नबित्दै दुवै जना पक्राउ परेका थिए ।


प्रकाशित : कार्तिक २६, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?