नक्सामा अनियमितता

शंकर आचार्य

पर्सा — जिल्ला नापी कार्यालय प्रमुख रामविनय सिंह र नापी सर्वेक्षक शशिकान्त ओझाले नियम विपरीत जग्गाको नक्सा संशोधन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । पटेर्वासुगौली गाउँपालिका ५ का असर्फी साहले यस्तो आरोप लगाएका हुन् । 

साहले आफू तथा एकासंगोलका भाइ राजकिशोरको नाममा दर्ता रहेको निचुटा गाविस वार्ड नम्बर ७ कित्ता नम्बर १९० को ७ धुर ५ कनवा जग्गा आफूहरूले भोगचलन गरी आएकोमा सँधियार सैरा खातुनले कित्ता नम्बर ६९ को नक्सा संशोधन गर्न निवेदन उक्त कार्यालयमा दिएको बताए । उक्त निवेदनउपर कारबाही गर्ने क्रममा कार्यालयले उक्त जग्गासँग सम्बन्ध सरोकार राख्ने हकवाला सँधियार आफूहरूलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्तको विपरीत कात्तिक १३ गते नक्सा संशोधनको निर्णय गरेको साहको आरोप छ । यस काममा आर्थिक चलखेल भएको समेत उनले दाबी गरे ।


नक्सा संशोधन गर्दा जग्गा नापजाँच तथा श्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका २०७३ को खण्ड २ को परिच्छेद ५ को दफा ६८ बमोजिम निर्णय गरिएको छ । उक्त दफामा कित्ताकाट हुँदा कुनै मानवीय त्रुटि भए भएको भए उक्त कित्ताको नक्सा मात्र संशोधन हुने कानुनी व्यवस्था छ । साविक मूल नक्सा संशोधन गर्नका लागि नापी विभागबाट अनुमति लिनुपर्ने र निर्देशिका २०७३ को खण्ड २ को परिच्छेद ५ को दफा ६८ मा २०२१ सालको नक्सा संशोधन गर्ने अधिकार नापी प्रमुखलाई समेत नरहेको स्पष्ट व्यवस्था रहेको साहले दाबी गरे ।


यसरी आफ्नो हकभोगको

जग्गामा हकभोग तथा निकास पूर्ण रूपमा अवरुद्ध गर्ने काम नापी प्रमुख सिंह र सर्वेक्षक ओझाले गरेकाले उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिइसकेको साहले बताए । सिंह र ओझाउपर लागेको आरोपको सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा दुबै बिदामा बसेकाले उनीहरूको प्रतिक्रिया उपलब्ध हुन सकेन ।


निमित्त प्रमुख उमेश प्रसाद साहले भने आफूले यो विवादबारे सुनेको तर दुबै कर्मचारीले प्रक्रियागत रूपमै नक्सा संशोधन गरेको बताए । ‘मैले पनि यो विवाद बारे सुनेको हुँ,’ उनले भने, ‘तर उहाँहरूले आवश्यक प्रक्रिया पूरा गरेरै नक्सा संशोधनको काम गर्नु भएकाले अनियमितता भएको भन्न मिल्दैन ।’

प्रकाशित : कार्तिक २८, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?