वीरगन्जमा पनि ‘नो हर्न’ 

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यपालिका बैठकले आगामी पुस १७ गतेदेखि वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । प्लास्टिक झोला र कपको प्रयोगमा पनि रोक लगाइने निर्णय भएको छ ।

वीरगन्जमा पनि ‘नो हर्न’ 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भुसालले वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने र प्लास्टिकको प्रयोगमा रोक विषय प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सर्वसहमतिबाट पारित गरेको थियो ।


समुदाय प्रहरी साझेदारीअन्तर्गत उक्त निर्णयलाई सफल बनाउन प्रहरी तथा स्थानीय संघसंस्थाहरुको समन्वयमा जनचेतना कार्यक्रम गरिने छ । नगर क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण र प्लास्टिकजन्य पदार्थबाट महानगर क्षेत्रमा भएको प्रदूषणलाई मध्यनजर गर्दै पुस १७ गतेदेखि लागू हुने गरी निर्णय गरिएको प्रशासकीय अधिकृत भुसालले जनाए ।


सीमावर्ती भारतको विहार र ग्रामीण क्षेत्रबाट वीरगन्ज नगर आवतजावत गर्ने दुई चक्के र चार चक्के सवारी चालकले हर्नको अनावश्यक प्रयोग गर्ने गरेका छन् । काठमाडौँ, भरतपुर लगायतका महानगरमा नो हर्न प्रयोगमा सफलता पाएपछि वीरगन्ज महानगरपालिका पनि अग्रसर भएको हो ।

प्रकाशित : मंसिर २०, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?