२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वन्यजन्तुका लागि पोखरी

यसका लागि ३ सय ४५ मिटर लामो ड्याम बनाइएको छ ।

पर्सा — वन्यजन्तुको सुविधा तथा तिनको मानवसँगको द्वन्द्व न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्जको मनहरीस्थित रमौली प्रतापपुरको घाँसे मैदानमा संरक्षण पोखरी निर्माण गरिएको छ ।

डब्लूडब्लूएफको ताल कार्यक्रमको लगानीमा हालै उक्त पोखरी (वेटल्यान्ड) निर्माण गरिएको हो ।

५ वर्षअघि निकुञ्जबाट स्थानान्तरण गरिएको मानव बस्ती हटेको स्थानमा विकास भएको घाँसे मैदानमा जम्मा हुने आकाशे पानीलाई जोगाएर वन्यजन्तुको उपयोगमा ल्याउनका लागि यो प्रयास गरिएको ताल कार्यक्रममा सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दाहालले जानकारी दिए ।


यसका लागि ३ सय ४५ मिटर लामो ड्याम बनाइएको छ । ड्यामका कारण आकाशे पानी र घाँसे मैदानबाट बगेको पानी भिरालो जग्गातर्फ बग्न नपाई एकत्रित भइरहेको छ । २०७० सालमा त्यहाँबाट मानव बस्तीलाई स्थानान्तरण गरी निकुञ्जको बाहिर लगिएपछि करिब २ सय बिघा ठूलो घाँसे मैदान विकास भएको छ ।


‘अहिले यो क्षेत्र निकुञ्जको कोर एरियाका रूपमा विकास भएको छ । उक्त मैदानमा वन्यजन्तु घाँस चर्न आउने गरेका छन्,’ दाहालले भने, ‘मैदानको नजिक राप्ती खोला भएकाले वन्यजन्तु त्यहाँसम्म पुग्ने र त्यहाँबाट खोलापारि नयाँ रमौलीप्रतापुर बस्तीसम्म पनि पुग्ने गरेका छन्, खोला क्षेत्रमा स्थानीयले वस्तु चराउन ल्याउँदा वन्यजन्तु र मानव एक ठाउँमा भएपछि वन्यजन्तुले मानिस उपर आक्रमण गर्ने, बस्तुभाउलाई सिकार बनाउने, बालीनाली नष्ट गर्ने, घर भत्काउने जस्ता गतिविधि गर्दै आएका छन् ।’


संरक्षण पोखरी विकास भएपछि पानीका लागि वन्यजन्तु खोलामा जाने क्रम धेरै हदसम्म घट्ने विश्वास गरिएको दाहाल बताउँछन् । ड्याम बनाउका लागि ताल कार्यक्रमले ६ लाख लगानी गरेको छ ।


यसअघि मानव बस्ती हटाइएको क्षेत्रमा पनि घाँसे मैदान विकासका लागि ताल कार्यक्रमले ५ लाख र निकुञ्जअन्तर्गतको मनहरी उपभोक्ता समितिले १ लाख १९ हजार लगानी गरेको थियो ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?