३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अयोध्याबाट जनकपुर आउँदै जन्ती

सन्तोष सिंह

अयोध्या — अपराजित सहर अयोध्यालाई कसैले जित्न नसकेको सहर भनिन्छ । अयोध्यामा बध नभएका कारण अबध भनिन्छ । यो सहरमा माछा, मासु र मदिरा निषेध छ ।

अयोध्याबाट जनकपुर आउँदै जन्ती

नेपाल जनकपुरकी छोरी सीता र भारत अयोध्याका राजकुमार रामको वैवाहिक सम्बन्धले दुई देशबीच बेटीरोटीको सम्बन्ध गाँसिएको हो ।


जनकपरकी राजकुमारी सीतासँग विवाह गरेपछि अयोध्याका राजा राम भगवान् बनेको अध्योध्याबासी बताउँछन् । विवाह पञ्चमीका अवसरमा अयोध्याबाट जनकपुर रामको जन्ती आउने परम्परा अझै कायम छ ।


मंसिर २६ गते जानकपुरमा आयोजना हुन लागेको रामजानकी विवाह महोत्सवमा यस वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती आउने तयारीले जनकपुर र अयोध्या बीचको सम्बन्ध थप प्रगाढ बन्ने दुई देशका साधु सन्त बताउँछन् । यति बेला जनकपुरमा जन्तीलाई स्वागत गर्ने चटारो छ । अयोध्यामा जन्ती आउन सन्त महन्थ तयारीमा जुटेका छन् ।


उतर प्रदेशको प्रयागराजमा १२ वर्षको अन्तरालमा लाग्ने कुम्भ मेला यस वर्ष परेकाले अयोध्याका साधु कुम्भको तयारीमा रहेको चार वर्षअघि विवाह पञ्चमीमा अयोध्याबाट जन्तीको नेतृत्व गरेका दिगम्बर अखडाका महन्थ सुरेश दास बताउँछन् । मिथिला र अवधको सम्बन्ध गहिरो छ, दिगम्बर अखडाका महन्थ दासले भने,‘अयोध्या र जनकपुरमा वर्षेनी विवाह महोत्सवमा मनाइन्छ ।


तर, जनकपुर ५ वर्षमा जन्ती जाने चलन छ । अयोध्यामा विवाह महोत्सवका अवसरमा हरेक मन्दिरबट झाँकी निकालेर नगर परिक्रमा गरी फर्किन्छ । यसले दुई धार्मिक स्थलको सम्बन्ध झन गहिरो भएको छ । मिथिला नै यस्तो भूमि हो, जहाँ सबै सन्त छन् ।


अयोध्यामा जनकपुरको उपस्थिति लक्ष्मण किल्लाका महन्थ मैथिली रमण शरणले गर्छन् । दुई देशको राजनीतिमा चर्चा पाउने अयोध्या र जनकपुरको पछिल्ला वर्षहरूमा टाढिएको मैथिली रमण शरण बताउँछन् ।


दुई देशबाट सरकारको नेतृत्व गर्नेहरू अयोध्याबाट जनकपुर र जनकपुरबाट अयोध्या आए त्रेता युगको सम्बन्ध प्रगाढ बन्ने छ, उनले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगीको विवाह पञ्चमीमा हुने सहभागिताले दुई सहरमा धार्मिक पर्यटकको आगमन बढने छ ।


रामजानकी विवाह महोत्सवका अवसर पारेर अयोध्याको राम जन्मभूमि स्थलबाट डोल निस्कने परम्परा पछिललो वर्ष स्थगित भएर छुट्टछुट्टै मन्दिरबाट निस्किन थालेको छ । नगर निगम अयोध्याका महापौर (नगरका मेयर) ऋषिकेश उपाध्यायले अयोध्याबाट विवाहपञ्चमीका अवसरमा जनकपुर जन्तीको नेतृत्व दुई सहरका नगरबीच समन्वय हुनुपर्ने बताउँछन् ।


मिथिला र अयोध्याको सम्बन्ध सांकृतिक र धार्मिक रूपले थप प्रगाढ बनाउन अयोध्याका तर्फबाट नगर निगम प्रमुखको हैसियतले भूमिका निर्वाह गर्नेछ, उपाध्यायले भने, ‘अयोध्या र जनकपुर विकासका लागि दुई देशबीच भएको सहमति कार्यान्वयनका लागि पहल गर्नेछु ।’ नगरनिगमका तर्फबाट नयाँ कार्ययोजना बनाएर दुई धार्मिक स्थलको विकासका लागि पहल आवश्यक रहेको उपाध्याय बताउँछन् ।


अयोध्या सीताका कारण परिचित भए पनि जनकपुर र अयोध्या राजनीति सिकार बनेको प्रेस कल्ब अयोध्याका प्रेसिडेन्ट महेन्द्र त्रिपाठी बताउँछन् । मिथिलाकी राजकुमारी सीतासँग विवाह भएपछि अयोध्याका राजकुमार राम भगवान् बनेका थिए । सीताकै कारण राम भगवान् भए, उनले भने, ‘अयोध्याबाट जनकपुर जान्छन् । तर अयोध्याबाट पनि जनकपुरबासीलाई आमन्त्रण गर्नु आवयक छ ।’

योगीको योग

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा पटकपटक आएर जनकपुर आउने उनको इच्छ पूरा हुन सकेको थिएन ।


तर, २६ मंसिरमा हुन लागेको रामजानकी विवाह महोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतको प्रतिनिधि भएर जनकपुर आउँदै छन् । योगी विवाहपञ्चमीमा सहभागी हुन आफू व्यग्रतापूर्वक प्रतीक्षारत रहेको बताउँछन् ।


योगी जानकीको माइके (माइत) आउन आफू आतुर छन् । पटक–पटक नेपाल आए पनि जनकपुर जान नसकेको र विवाह महोत्सवमा जनकपुर भ्रमण पूर्णरूपमा सांस्कृतिक यात्रा हुने योगी बताउँछन् । दुई देशलाई सांस्कृतिक सम्बन्धका रूपमा जोड्ने सशक्त माध्यम विवाहपञ्चमी रहेको बताउँदै सांस्कृतिक यात्राले जनकपुर र अयोध्या मिल्ने महत्त्वपूर्ण अवसरका रूपमा योगीले लिएका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?