१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लाइसेन्स वितरण थालियो

पहिलो दिनमै ६३ सेवाग्राहीलाई लाइसेन्स

महोत्तरी — यातायाता व्यवस्था सेवा कार्यालय बर्दिवासले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

लाइसेन्स वितरण थालियो

बर्दिवास–१ का उदयबहादुर भण्डारीलाई बर्दिवासस्थित यातायात सेवा कार्यालयले जारी गरेको पहिलो लाइसेन्स प्रदान गरेर सेवाको शुभारम्भ गरिएको छ ।


कार्यालयले शनिबारको ट्रायल परीक्षामा उत्तीर्ण भएका ६३ जनालाई लाइसेन्स प्रदान गरेको जनाएको छ । यसअघि पहिलोपटक २ सय ७३ जना आवेदकले शुक्रबार बर्दिवासमै लिखित परीक्षा दिएका थिए । लिखितमा सफल २ सय १५ जनालाई शनिबार ट्रायल लिएपछि लाइसेन्स वितरण सुरु गरिएको हो ।


‘यहाँबाट पहिलोपटक जारी २ महिलासहित ६३ जनालाई नयाँ लाइसेन्स वितरण गरिएको छ,’ यातायात कार्यालयका प्रमुख पोषण थापाले भने । बर्दिवासले यो सेवा प्रदान गर्न सुरु गरेपछि धनुषा र महोत्तरीका उत्तरी क्षेत्र तथा सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका सेवाग्राहीलाई समेत सहज भएको छ ।


०७१ साल मंसिरतिर बर्दिवासमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयले ब्लु बुक नवीकरण, सवारी कर असुली, सवारी जाँचपास, सडक इजाजतपत्र जारी र नवीकरण लगायतको सेवा प्रदान गर्दै आएको थियो ।


प्रमुख थापाका अनुसार यातायात व्यवस्था विभागको गत असार २८ गतेको पत्रानुसार बर्दिवास यातायात व्यवस्था सेवा कार्यालाई दुई पाङग्रे सवारी लाइसेन्स वितरणको अधिकार प्रत्यायोजन गरिएको हो ।


अधिकार प्राप्त भएपछि सेवा कार्यालयले बर्दिवासमा लिखित परीक्षा लिने व्यवस्था, ट्रायल लिने स्थान किटानलगायत पूर्वाधारसमेत तयार पार्‍यो । लगत्तै विभागले मंसिर ८ गतेदेखि बर्दिवास सेवा कार्यालयमा परीक्षा दिनेगरी दैनिक १ सय अनलाइन आवेदन भर्न सकिने कोटा प्रदान गर्‍यो ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?