पोखरीमा डुबेर साधु बेपत्ता, उद्धारमा कठिनाई

काठमाडौँ — कलैया उपमहानगरपालिका–१ स्थित रामजानकी मन्दिर पोखरीमा एक साधु सोमबार साँझ डुबेर बेपत्ता भएका छन् । कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीय सत्यनारायण महतो कोइरी डुबेर हराइरहेका हुन् । 

उनी हराइरहँदा प्रहरी र सेनाको टोलीले उद्धार गर्न सकेको छैन् । सेना र प्रहरीले झन्डै ३ घण्टा उद्धार कार्यमा खट्दा जाडो र साधानस्रोत अभावले उद्धारमा कठिनाइ भइरहेको एक प्रहरी अधिकारीले बताए । पोखरी छेउमा क्रिकेट खेलिरहेको बालकको ब्याड पोखरीमा खसेपछि उक्त ब्याड झिक्न कोइरी पोखरीमा पसेका थिए ।


पोखरी गहिरो भएकोले उनी डुबेका हुन् । पोखरीमा कुसवाहा डुब्दा क्रिकेट खेल्दै गरेका बालकहरुले स्थानीयलाई खबर गरेपछि स्थानीयबाट प्रहरीले खबर पाएका थिए ।


खबर पाएलगतै प्रहरीको टोली खोजी कार्य कार्यमा जुटेको थियो । प्रहरीले नसकेपछि पछिबाट सेनाको टोली आएर खोजी कार्यमा सक्रिय भएको थियो ।


मंगलबार उद्धार कार्यमा फेरि जुट्ने प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?