२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पक्राउ पर्दै अभियुक्त 

लक्ष्मी साह

बारा — प्रहरीमा जघन्य अपराधमा संलग्नहरूको सूची लामै छ । त्यमध्ये कतिपय फरार छन् । कतिपय पक्राउ परेका छन् । केही सातायता प्रहरीले चार जनाको हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ । 

पाकिस्तानी नागरिक सफीको इशारामा भारतीय रेलमा विस्फोट गराउन नसकेका भारतीय नागरिक (काका–भतिज) लाई हत्या गरिएको अपराधमा २ वर्षदेखि फरार रहेका कलैया उपमहानगरपालिका–१२ का शितलपुरका २५ वर्षीय लड्डु भन्ने राजकिशोर गिरीलाई महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया गाउँबाट गत बुधबार पक्राउ गरेको छ ।


भारत, पूर्वीचम्पारण लक्ष्मीपुर पोखरियाका काका–भतिज पर्ने २८ वर्षीय अरुण राम (काका) र १८ वर्षीय दिपक राम (भतिज) को घाँटी रेटी जितपुर सिमरा उपमहानगरपालिकाको सहजनाथ जंगलमा हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।


हत्या गरिएका ती दुबै भारतीय नागरिकको हत्यामा अन्तर्राष्ट्रिय संजालको हात रहेको प्रहरीले दाबी गर्दै आएको छ । भारत विहारको घोडासहन र नकरदेइ रेल्वे स्टेशनमा बम विस्फोट गराउन नसकेका ती दुबै भारतीय नागरिक (काका–भतिज) लाई नेपाल बोलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।


‘पाकिस्तानी नागरिक सफीको इशारामा भारतीय रेलमा विस्फोट गराउन नसकेका काका–भतिज अरुण राम र दिपक राम (भारतीय नागरिक) लाई हत्या गरिएको खुलेपछि लड्डुलाई पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘उनी २ वर्षदेखि फरार थिए ।


न्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गरी संगठित अपराधसँगै हत्या गरेको खुलेको छ ।’ पाकिस्तानी नागरिक सफीसित साँठगाँठ राखी दुबईमा बस्दै आएका नेपाली नागरिक समसुल होदाको योजनामा यो घटना भएको उनले दाबी गरे । यही घटनामा यसअघि जिल्लाकै अन्य चार जना पक्राउ परी जेल जीवन बिताइरहेका छन् । होदासहित बृजकिशोर गिरी, मोजाहिर अंसारी र आशिष सिंह जेल जीवन बिताइरहेका हुन् ।


यसैगरी कलैया उपमहानगरपालिका–२३ कोइरिया टोलका ६५ वर्षीय नन्दलाल पटेलको हत्यामा संलग्न भएको आरोपमा ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जयसवार, उनका बाबु ६५ वर्षीय बैद्यनाथ राउत कुर्मी, छोरा १९ वर्षीय विशाल पटेल, २७ वर्षीय राजेश पटेल र ५५ वर्षीय जोद्धा भन्ने रामअयोध्या दास तत्वा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


‘सम्पत्ति हथ्याउनकै लागि नन्दलालको हत्या भएको हो,’ प्रहरी उपरीक्षक भट्टराइले भने । दुई दाजुभाइमध्ये जेठो नन्दलाल थिए । उनको छोराछोरी थिएन । कात्तिक १० गते नन्दलाल आफ्नो गोठमा बसिररहँदा वीरेन्द्रले सहयोगीहरूको साथमा नन्दलालको हत्या गरिएको प्रहरीले जनायो ।


त्यस्तै कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका रामबालक बैठाको ४५ वर्षीया पत्नी सियापतीदेवी धोबीनीकी २०७५ असोज ७ गते धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको आरोपमा उनकी छिमेकी कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोलका २७ वर्षीय रविन महतो मण्डल पक्राउ परी कारागार चलान भएका छन् ।


काँस काट्न गएको बेला महिलाको हत्या भएको थियो । हत्या गरेर फालेको अवस्थामा गाउँलेले शव हेरेपछि प्रहरीलाई खबर गरेका थिए । मृतककी पति केही वर्षदेखि बेखबर छन् ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?