कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महन्त बैकुण्ठ दासमाथि सरकारी किर्ते र ठगी मुद्दा : थुनछेक बहस सुरु   

श्यामसुन्दर शशि

जनकपुर — सरकारी कागज किर्ते तथा ठगी मुद्दा अनुसन्धानको क्रममा मंसिर १९ गते साँझ काठमाडौंमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव विरुद्धको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको छ ।

महन्त बैकुण्ठ दासमाथि सरकारी किर्ते र ठगी मुद्दा : थुनछेक बहस सुरु   

प्रतिवादीद्वय मठका महन्त बैकुण्ठ दास र पूजारी अशोक शर्माको बयानपश्चात् शुक्रबारदेखि धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल ईजलासमा थुनछेक बहस सुरु भएको हो । बहसको पहिलो दिन वादी तर्फबाट सरकारी वकिलद्वय शम्भू गौतम र खगेन्द्र कटुवालसँगै अधिवक्ताहरु हेमकुमार शर्मा र विपिनकुमार झाले बहस गरेका थिए ।


समयाभावमा दुवै तर्फका बाँकी कानुन व्यावसायीहरु आइतबार आ-आफ्ना पक्ष राख्ने छन् । वादी तर्फबाट अधिवक्ता देवेन्द्र ठाकुर र सुदीप कोइराला तथा प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, श्याम मिश्र, चन्द्रप्रकाश शर्मा, प्रकाशकुमार घिमिरे, मंसुर राईन, अच्युतम आचार्य, केदार आचार्य, बलराम सुवेदी, रामअशीष लाल तथा रिंकु यादवले वकालत गर्ने प्रतिवादी तर्फका कानुन व्यावसायी श्याम मिश्रले जानकारी दिए ।


जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीले नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषाका सरकारी वकिल शम्भू गौतम र खगेन्द्र कटुवालले गत मंगलबार जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएका थिए । अभियोग पत्रमा प्रतिवादी महन्त बैकुण्ठ दास र पूजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार विगो तथा जेल सजायको माग दाबी गरिएको छ ।


संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको २०५० सालदेखि नै भोगचलनमा रहेको जनकपुर ८ स्थित सिटनम्बर १३५४/१४को कितानम्बर ६२ को २ कठा ११ धूर तथा सिटनम्बर १३५४/१५ को कितानम्बर १,२, २८ तथा ४९ को २ विगहा ८ कठा १४ धूर जग्गा किर्ते लालपूर्जा बनाई बिक्री बितरण गर्न खोजिएको भन्दै जनक हजारी विद्यापीठका प्राचार्य विजय चौधरीले महन्त बैकुण्ठ दास र पूजारी अशोक शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । दुई तर्फ ४२ फिटको पक्की सडक भएको उक्त जग्गाको चलन चल्ती मूल्य झण्डै अढाई अर्ब अनुमान छ ।

आरोपी महन्त बैकुण्ठ दास वैष्णवले आफ्नो बयानमा जाहेरीको व्यहोरा झुठा र कपोलकल्पित रहेको बताएका छन् ।


यो पनि पढ्नुहोस् ।

महन्त दासलाई जनकपुर ल्याइयो, साढे दुई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोप

प्रकाशित : मंसिर २८, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?