कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

जनकपुर — नक्कली श्रेष्ता खडा गरी घरमै किर्ते नागरिकता बनाउने गिरोहहरु पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको नामबाट किर्ते नागरिकतालगायत सरकारी प्रमाणपत्रहरु बनाउने गिरोहलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार अपरान्ह सार्वजनिक गरेको हो ।

नक्कली नागरिकता बनाउने गिरोह पक्राउ

विदेशी नागरिकबाट मोटो रकम लिएर सरकारी छाप र कागजात किर्ते गरी नागरिकता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराईलगायतका सरकारी प्रमाणपत्रहरु बनाउने गिरोहमा संलग्न जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी महावीर मण्डलसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा चलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जानकारी दिए ।

जनकपुर उपमहानगरपालिका २० देपुरारुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरीले आफ्नै घरमा सञ्चालन गरेको उक्त गिरोहमा जिप्रका धनुषाका कार्यालय सहायक मण्डल, औरही गाउँपालिका ५ का ४९ वर्षीय गंगा साह र रौतहट दुर्गा भगवतीपुर ४ घर भइ जनकपुर बस्दै आएका हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार चौधरीको घरबाट किर्ते नागरिकता बनाउन प्रयोग गरीने जिल्ला प्रशासन कार्यालयको छाप, होलोग्रम, सादा नागरिकता प्रमाण पत्र, नागरिकता वितण गर्न गाउँ गाउँ गएका टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराईको प्रमाण पत्रको ठेली, नागरिकता अनुसूची फारमको ठेली तथा नागरिकता अभिलेख श्रेष्ता, नगद १लाख ५३ हजार र एक थान मोबाइल फेला परेको छ ।


चारै जनालई सरकारी कागज र छाप कीर्ते, नागरिकता मुद्दा, संगठित अपराध तथा मनिलन्ड्रिंगको मुद्दा चलाइएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । जिल्ला प्रशासन कार्यालयको नाममा किर्ते नागरिकता जारी गर्ने गिरोहका ४ जनालाई बिहीबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर २८, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?