कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धनुषामा ७ वर्षीया बालिका बलात्कृत

धनुषा — धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सडियामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमै रहेकी उनलाई सोमबार राति १० स्थानीय २५ वर्षीयका रोशन बस्नेतले चकलेट दिने बहानामा उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

धनुषामा ७ वर्षीया बालिका बलात्कृत

बलात्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीयस्तरमा उपचार सम्भव नभएर राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको इलाका प्रहरी ढल्केवरले जनाएको छ । बलात्कारी युवकलाई राति नै पक्राउ गरी मेडिकल परीक्षण गर्न धरान पठाइएको छ ।


स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छन् । मदिरा सेवन गरेर बस्नेतले विदेशबाट ल्याएको चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । घरभित्र पसेर बालिकालाई उखुघारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।


बालिकाकी आमाले बस्नेतलाई आवाजले चिनेकी थिइन् । छोरी बेपत्ता भएपछि आमाले गाउँले गुहारेर खोज्न लगाएकी हुन् । गाउँलेले तत्कालै प्रहरी खबर गर्नुका साथै खोज्दै जाँदा उाखुघारीमा बालिका रक्ताम्य एवं गम्भीर अवस्थामा नांगै भेटेका थिए । प्रहरीका अनुसार तत्कालै बस्नेतलाई पक्राउ गरिएको थियो ।

प्रकाशित : पुस ३, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?