युवकको विभत्स हत्या

सर्लाही — सर्लाहीको प्रमुख व्यापारिक केन्द्र बरहथवामा एक युवकको विभत्स हत्या भएको छ । बरहथवा नगरपालिका–५ हात्तीडण्डाका विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो ।

धारिलो हतियारले टाउको क्षतविक्षत बनाएको अवस्थामा घर नजिकैको सडकमा शनिबार बिहान महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।


हत्या घटनाबारे बिहान ४ बजे थाहा पाएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।


नयाारोड–बरहथवा सडकखण्ड भन्दा पश्चिमतर्फ हात्तीडण्डा जाने भित्रीबाटोमा टाउको क्षतविक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको हो ।


जिरायतमा निजी विद्यालय सञ्चालन गर्दै आएका महतोको हत्याबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?