तस्करीको काठ बरामद

महोत्तरी — प्रहरीको गस्ती टोलीले बर्दिवास नगरपालिका–३ स्थित पाटुको जंगलबाट अवैधरुपमा चोरी तस्करी भइरहेको अवस्थामा साखु प्रजातिका काठ नियत्रणमा लिएको छ । 

तस्करीको काठ बरामद

बरामद काठमा १८ थान फल्ली (हरीया रुखका गिन्डालाई चिल्लो पारिएको काठ) रहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी वर्दिवासबाट सहायक निरीक्षक नेत्रबहादुर आलेको कमाण्डमा खटिएको रात्रिकालीन गस्ती टोलीले शुक्रबार काठ बरामद गरेको हो । प्रहरीकाअनुसार १७/१८ जनाको संख्यामा रहेका तस्करहरुले काधमा काठ बोकेर हिड्दै गरेका थिए ।


जंगली बाटो हुँदै दक्षिणतर्फ लैजाँदै गरेको अवस्थामा बिहान साढे ४ बजे नियन्त्रणमा लिएको हो । बर्दिवासस्थित इलाका प्रहरीका डिएसपी नकुल पोखरेलले १५ क्यूफिट बढी लम्बाइका बरामद काठ वन कार्यालयको जिम्मा लगाउने बताए ।

प्रकाशित : पुस १३, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?