दुई वर्षभित्र पार्टी महाधिवेशन गर्न नेता नेपालको माग   

जनकपुर — नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । 

दुई वर्षभित्र पार्टी महाधिवेशन गर्न नेता नेपालको माग   

नेकपा जिल्ला कमिटी धनुषाले आइतबार यहाँ आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने,‘एक वर्षभित्र जिल्ला र प्रान्तीय अधिवेशन गरौँ अनि दुई वर्षभित्र महाधिवेशन गरौँ ।’ उनले पार्टी सञ्चालनमा कमीकमजोरी भएको स्वीकार गर्दै पार्टीलाई सिस्टममा ल्याउन र मापदण्ड बनाएर नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।


पार्टी एकीकरण भएको आठ महिना बितिसक्दा पनि पोलिटब्युरो, केन्द्रीय विभाग, केन्द्रीय आयोग गठन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै नेता नेपालले पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउन, जिल्ला कमिटीहरू एवं अन्य सङ्गठनहरू यथाशीघ्र गठन गर्न माग गरे ।


नेकपामा देखिएको विवादबारे स्पष्टीकरण दिँदै उनले पार्टीमा कुनै किसिमको विवाद नरहेको बताए । उनले भने,‘केही व्यक्ति नेकपा फुट्दै छ भनेर झ्याली पिट्दै हिँडेका छन् । तर यो उनीहरूको दिवास्वप्नमात्र हो । नेकपा फुट्दैन बरु अझ सशक्त भएर अगाडी बढ्दैछ ।’

प्रकाशित : पुस २२, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?