कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा भारतीय मोबाइलको भर

शंकर आचार्य

पर्सा — सरकारी तथा निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आफ्नो पहुँच विस्तार नगर्दा यहाँका १ हजार २ सय घरधुरी हालसम्म सञ्चार सेवाबाट वञ्चित छन् ।

सीमामा भारतीय मोबाइलको भर

ठोरी गाउँपालिका वडा नं ३ मा पर्ने ब्रम्हानगर र ओडार क्षेत्रका बासिन्दालाई सञ्चार सेवाबाट वञ्चित भएर बस्नु पर्दा ठूलो समस्या भएको छ ।


स्थानीय बासिन्दा एवम् जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर प्रसाद न्यौपानेले नेपाल टेलिकम र एनसेल दुबैले हाल यहाँ आआफ्नो टावर जडान नगर्दा समस्या भएको बताए । ‘हाम्रो यस क्षेत्रको ६/७ किमि सेरोफेरोमा नेपाल टेलिकम र एनसेल दुबैको टावर टिप्दैन,’ उनले भने, ‘म आफ्नो गाउँघरमा बसुन्जले बाहिरी दुनियासँग सम्पर्क बिच्छेद भएको अनुभव गर्छु । आजको सूचना, सञ्चार र प्रविधिको युगमा मजस्ता १ हजार २ सय घरधुरीलाई यसरी सञ्चार सुविधाबाट वञ्चित गराइनु कत्तिको उचित हो ।’ आफूहरूले पटकपटक सामूहिक रूपमै दुबै कम्पनीका कार्यालयहरूमा पुगेर जिम्मेवार अधिकारीहरूलाई अविलम्ब गाउँमा टावर स्थापना गर्न आग्रह गरेकोमा आश्वासन बाहेक केही नपाएको उनले गुनासो गरे ।


स्थानीय महेश घिमिरे नेपाली सिमले काम नगरे पनि भारतीय सिमले भने काम गर्दा अधिकांश स्थानीयको हातमा भारतीय सिम सहितको मोबाइल रहेको बताए । भारतीय सीमा नजिक रहेको यही बस्तीलाई लक्षित गरी भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी जिओले सीमामै आफ्नो टावर जडान गरेको उनले बताए । आफूहरूले नेपाली सीमबाट कुरा गर्न करिब ८ किमि पर बिजयबस्तीसम्म धाउनु परेको उनले सुनाए । यहाँका अधिकांश घरधुरीबाट युवाहरु रोजगारी र शिक्षाको लागि विदेश गएका छन् ।

प्रकाशित : पुस २६, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?