कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सशस्त्रका गाडी मर्मतका लागि चन्दा

सर्लाही — सशस्त्र प्रहरी वेश क्याम्प फरहदवाको गाडी मर्मत गर्न चन्दा संकलन थालिएको छ । बजेट अभाव रहेको भन्दै दुर्घटनामा क्षतिग्रस्त बनेको गाडी मर्मतका लागि प्रहरीले चन्दा उठाउन थालेको हो ।

जिल्लाको मध्यभागमा पर्ने कविलासी नगरपालिका–७ गैर बजारका व्यापारीसँग गाडी मर्मत गर्न प्रहरीले चन्दा संकलन थालिएको छ । प्रहरीको गाडी दुर्घटना भएपछि गस्ती गर्न असजिलो भएको भन्दै मर्मतका लागि व्यापारीलाई चन्दा लगाइएपछि कतिपय व्यापारी तनावमा परेका छन् ।


केही दिनअघि सशस्त्र प्रहरी बेश क्याम्प फरहदवाको ना१झ ६९३ नम्बरको टाटाको पिकअप जिप दुर्घटना भएको थियो । दुर्घटनापछि गाडी पूर्णरूपमा क्षतिग्रस्त छ । गाडी मर्मतका लागि क्याम्प तथा सशस्त्रको गणमा बजेट नभएका कारण चन्दा उठाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ ।


गाडी मर्मतको नाममा व्यापारीबाट मात्र चन्दा उठाउन थालेपछि आफूहरू मारमा परेको व्यापारीले गुनासो गरेका छन् । उनीहरूले सवैजना मिलेर यो समस्या सामाधान गर्नुपर्नेमा जोड दिए । गाडी दुर्घटनाको समयदेखि आएको इन्धनको रकम र जवान बिदामा गएको रासनको रकम हाकिमको खल्तीमा गएको भन्दै उनीहरूले त्यो रकम मरम्मतका लागि छुट्याइए आफूहरूलाई पनि सजिलो हुने एक व्यापारीले बताए ।


‘बजेट छैन भन्दै यहाँका प्रहरीले हामीकहाँ चन्दाका लागि आउनु भएको छ, हाम्रै सुरक्षाका लागि प्रहरी हो भनेर हामी पनि चन्दा दिन तयार छौं,’ एक व्यापारीले भने, ‘तर त्यसमा प्रहरीको पनि सहयोग हुनुपर्‍यो, इन्धन लगायत अन्य रकम हाकिमको खल्तीमा जान्छ ।’


दुर्घटनामा परी क्षतिग्रस्त बनेको गाडी बजेट अभावका कारण करिव डेढ महिनादेखि प्रयोगविहीन छ । गाडी मर्मत हुन नसक्दा समयमा गस्ती हुन सकिरहेको छैन । जसका कारण व्यापारी लगायत यस क्षेत्रमा त्रास बढेको छ । अहिलेको सुख्खा मौसममा आगलागीका घटना लगायत अन्य घटना तथा दुर्घटनामा गाडीकै कारण समयमा पुग्न नसकिरहेको वेश क्याम्पले जनाएको छ । सेन्सेटिभ एरिया रहेको यो क्षेत्रमा ससस्त्र प्रहरी वेश क्याम्पको स्थापना भएपछि व्यापार व्यवसाय फस्टाउँदै गएको छ ।


गाडी मर्मत गर्न बजेट नभएकाले स्थानीय व्यापारीहरूको सहयोगमा गाडी मर्मतको काम सक्न वेश क्याम्पलाई भनेको सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले बताए । ‘गाडी मर्मतका लागि बजेट छैन, सेन्सेटिभ एरिया हो, गस्ती गर्नुपर्छ,’ उनले भने, ‘तत्काल मर्मतका लागि स्थानीय व्यापारीसँग सहयोग मागेर गर्नु भनेको छु ।’

प्रकाशित : पुस २८, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?