कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कार्यालय बस्दैनन् कर्मचारी

निगरानी गर्दैन सरकार
सेवाग्राही प्रभावित
सन्तोष सिंह

धनुषा — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भगवान झाको कार्यालयीय नेमप्लेटमा शुक्रबार बाहिर लेखिएको थियो । हाजिरी गरेर उनी ‘फिल्ड’ मा निस्केको कर्मचारीले बताए । बिहीबार अपराह्न पनि उनको कोठामा चुकुल लागेको थियो ।

कार्यालय बस्दैनन् कर्मचारी

कार्यालयका लेखापाल नविनकुमार झाको कोठामा बिहीबार र शुक्रबार दुबै दिन ताल्चा झुन्डिएको छ । उनी चार दिनदेखि हाजिरी छैनन् । तर, कार्यालय बेलाबेलामा आउने गरेको बताउँछन् । बिहीबार राति अबेरसम्म कार्यालयमै रहेको दाबी गर्ने लेखापाल झा भने कार्यालय समयमा भेटिदैनन् । ‘अबेर रातिसम्म कार्यालयमै बस्छु । त्यसैले बिहान–दिउँसो कार्यालय आउँदिन,’ झाले भने । लेखापाल झाले पुस महिनामा थोरै दिन मात्र कार्यालय पुगेको हाजिरी रेकर्डमा देखिन्छ । तीन दिन काज र एक सातासम्म भैपरीमा उनी बिदा बसेका छन् ।


११ जना कर्मचारी खटिएको सिँचाइ डिभिजन कार्यालयमा दुई–चार जना मात्र भेटिन्छन् । बाँकी सबै ‘फिल्ड’ मा रहेको बताइन्छ । सिँचाइ कार्यालयलाई ५ महिनाअघि प्रदेश सरकार मातहत ल्याइएको हो । कार्यालय आउने र हाजिरी गरेर टाप कस्ने कर्मचारीको प्रवृत्ति देखिएको छ । प्रदेश सरकार मातहत ल्याइएका कार्यालय कर्मचारीको कामचोर प्रवृत्ति, व्यवस्थापनको कमी, आन्तरिक किचलो र प्रदेश सरकारले ध्यान नदिँदा लथालिङ बनेको छ । सेवाग्राही झन् पीडित बनेका छन ।


प्रदेश मातहतमा आएको कार्यालयको बोर्ड त फेरियो । तर, कर्मचारीको शैली पुरानै छ । कर्मचारीको ढिलासुस्ती, गैरजिम्मेवारीले सेवाग्राहीले दु:ख पाइरहेको छ । कार्यालयमा आएर हाजरी गर्ने र समय काट्ने कर्मचारीको दिनचर्या यथावतै छ । सिँचाइ डिभिजनका लेखापाल झा कार्यालय समयमा खाना र नास्ताको बहाना बनाउँदै कार्यालयमा आउँदैनन् । लेखापाल झा कार्यालय नआउँदा सेवाग्राही दिनहुँ कार्यालय धाए पनि सेवा पाउन नसकेको त्यहाँका कर्मचारी बताउँछन् ।


डिभिजनमा कार्यरत १० जना कर्मचारी नियमित आउने गरेको हाजरी सुपरभाइजर योग्यानन्त झाले देखाए पनि कार्यालयमा उपस्थित ५ कर्मचारी हाजरी गरी घाम तापिरहेका देखिए । कार्यालयका फाँट प्रमुखहरूले कामको जिम्मेवारी पाएका छैनन् । भौतिक विकास मन्त्रलायअन्र्तगत सिँचाइ डिभिजनजस्तै सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य कार्यालयका कर्मचारी पनि कामविहीन छन् । प्रदेश जनस्वास्थ्य कार्यालयमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय राखिएको छ ।


कार्यालयमा कामको जिम्मेवारी नपाउँदा कर्मचारी हाजिर गरी चिया खाँदै घाम तापेर दिन बिताउँछन् । कार्यालय सञ्चालनमा ढिलाइ र कामको अख्तियारी समयमा नआउँदा प्रदेश स्वास्थ्य कार्यालय कामविहीन बनेको समाजिक विकास मन्त्रलाय स्वास्थ्य महाशाखाका प्रमुख नवल झाले बताए ।


विकास निर्माण र नियमित सेवा ठप्प भएको छ । प्रदेश सरकारको बजेट समेत खर्च हुन सकेको छैन । प्रदेशमा पर्याप्त कर्मचारी नरहेको कारण काम गर्न समस्या भएको प्रदेश सरकारले संघीय सरकारलाई आरोप लगाइरहदा भएको कर्मचारीलाई समेत प्रदेश सरकारले काम दिन सकेको छैन ।


चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा पनि प्रदेश सरकारले विकास निर्माण सुरु गर्न सकेको छैन । जनताको प्रत्यक्ष सरोकार रहेको सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित कार्यालयलाई समयमा अख्तियार नजाँदा विकास निर्माण गति लिन नसकेको मुख्मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले बताए ।

प्रकाशित : पुस २८, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?