दुवैलाई निलम्बन गर्न माग

जनकपुर — प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीच भएको झगडाले प्रदेशलाई बदनाम गराएको ठहर गर्दै नेपाली कांग्रेस धनुषाले दुबैलाई निलम्बन गर्न माग गरेको छ । 

कांग्रेसले प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठिन छानबिन समितिप्रति असन्तुष्टिसमेत जनाउँदै विवादमा मुछिएका मन्त्री यादव र सचिव झालाई तत्काल निलम्बन गरी घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ ।


विवादबारे आधिकारिक धारणा बनाउन बुधबार नेका धनुषाको विस्तारित बैठक बोलाइएको थियो । नेका धनुषाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी मन्त्री यादव र सचिव झाबीच भएको कुटपिट घटनाप्रति भत्र्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कानुनको रक्षा गर्न तथा संविधानको अधिनमा रही शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन गठन भएको सरकारका मन्त्री र प्रशासन सञ्चालन गर्ने सचिवबीच भएको अमर्यादित क्रियाकलापले कानुनी राज्यको खिल्ली उडाएको छ ।’


नेका धनुषाका सचिव विशेश्वर यादवले विवादमा प्रदेश सरकारका एक मन्त्री पनि छन् । अनि अर्को मन्त्रीको संयोजकत्वमा छानबिन समिति गठन हुनु उचित नभएको बताए । उनले प्रदेशसभा सांसदहरूलाई सहभागी गराई सर्वदलीय समिति गठन गर्न माग गरे ।


यसबीच, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्री यादवले सचिव झामाथि हातपात गरेको घटनाको निन्दा गरेका छन् । उनले मन्त्रीको क्रियाकलापबाट सरकारी कर्मचारीको मनोबल खसेको तथा काम गर्ने वातावरण विथोलिएको बताए । ‘प्रदेशमा सचिवमाथि हातपात भएको छ । कहीं नमस्कार नगरेको भन्दै शिक्षक कुटिएका

छन् । यस्ता घटनाहरू निन्दनीय हो, अनि संघीयताप्रति षडयन्त्र पनि हो,’ सभापति यादव कान्तिपुरसँग भने ।


मन्त्री र सचिवबीच भएको विवादका कारण गैरसरकारी संस्था भएको उल्लेख गर्दै नेपाल शिक्षक संघ प्रदेश २ का सभापति यादवले छानबिन समितिले गैरसरकारी संस्थाको विषय तथा यसको आर्थिक पक्षबारे समेत छानबिन गर्नुपर्ने बताएको छ । नेपाल विद्यार्थी संघ धनुषाका सभापति सुजित झाले कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । सात दिनभित्र कारबाही नभए संघ आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

प्रकाशित : माघ ४, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?