गुणस्तरहीन पुल निर्माण गरेको आरोप

शिव पुरी

रौतहट — रौतहटको गौर नगरपालिकामा निर्माण हुँदै गरेको पुलको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।  सघन सहरी भवन निर्माण आयोजना पर्साद्वारा निर्माण हुँदै गरेको पुलको काम गुणस्तरहीन भएपछि स्थानीयले निर्माण कार्य रोकिदिएका छन् ।

गुणस्तरहीन पुल निर्माण गरेको आरोप

ठेकेदारले एकलौटी ढङ्गले निर्माणको काम गरिरहेको उनीहरूको आरोप छ ।


गौर नगरपालिकाको वडा नम्बर ९ बाट ७ लाई जोड्ने सडकमा निर्माण भइरहेको पक्की पुलमा अनियमित ढङ्गबाट ढलान गरिएपछि स्थानीयले रोकेका थिए ।


पुलको बेस तयार गर्न इष्टिमेटमा ४० एमएम डाउन गिट्टीको साइज हुनुपर्नेमा त्यो भन्दा दोब्बर ठुलो प्रयोग गरिएको पाइएको छ । त्यस्तै डण्डीको ज्वाइन्टमा ठुलो ग्याप रहेको फेला परेको छ । निर्माणको क्रममा स्थानीय खोलाको बालुवा प्रयोग गरेको पाइएपछि स्थानीय झन् आक्रोशित बनेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको चलन चल्तीको सडकको पुल निर्माण गर्दा ठेकेदारको मनोपली बढेको स्थानीयको आरोप छ ।


यस नगरपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत झन्डै २ अर्ब भन्दा बढीको आयोजना सञ्चालनमा छ । सडक र पुल निर्माणको कामको स्वचन्द/ढुकुछु/आश्रय ज्वाइन्ट भेन्चर बसुन्धाराले ठेक्का पाएको हो । निर्माणको काम गत वर्षदेखि नै सुरु भएको हो । ठेकेदारले सुरु देखि नै गणस्तरहिन काम गर्दै आएको नेकपाका प्रदेश २ का सदस्य शम्भु साहले बताए । ‘सडकको काम पनि गुणस्तरहीन भएको पाइएको छ । पुलको काम उस्तै छ,’उनले भने,‘ठेकेदारको मनोपलीका कारण काम बन्द गराएका हौँ । यस्तो ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ ।’


सडकको स्ट्राम्चर खडा गर्दा ९ इन्च माटो राखेर कम्पेक्सन गरी ६ इन्चमा ल्याउनुपर्ने भए पनि कम्पेक्सन नै नभएको साहले बताए । निर्माणको रेखदेख गरिरहेको प्राविधिकहरू समेत त्यतिकै बसेका छन् । गुणस्तरहीन काम भएको बारे उनीहरू चुप छन् ।


ठेकेदार रामश्रे साहले सबै काम गुणस्तर भइरहेको दाबी गरे । ‘कसेले भन्यो गुणस्तरहीन भनेर,’उनले भने,‘कसैले रिसिबिको कारण भन्यो भन्दैमा गुणस्तरहीन हुन्छ र ? ।’


पुल ढलान गर्न राखिएको गि टिको साइज ठुलो छ । यो साइजको गिटिले ढलान गर्न मिल्दैन । त्यही पनि ठेकेदार साह गुणस्तर काम भनेर दाबी गरिरहेका छन् । प्राविधिकहरू बसेर पुल निर्माणको काम गराइरहेका छन् ।


सघन सहरी भवन निर्माण आयोजनाका इन्जिनियर सञ्जीवकुमार यादवले पटक पटक ठेकेदारलाई सचेत गराउँदा बेवास्ता गरेको बताए । ‘हामी बाहिरबाट आएर निर्माणको कामको रेखदेख गरिरहेका छौँ ।

प्रकाशित : माघ ७, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?