२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

युवक मृत फेला

भरत जर्घामगर

सिरहा — दिदीलाई मोटरसाइकलमा सिरहाको दक्षिणवर्ती गेरुवास्थित घर पुर्‍याउन गएका एक युवक दुई दिनपछि भारतको पिप्राहीमा मृत फेला परेका छन् । 

प्रहरीका अनुसार लहान नगरपालिका २४ का ३५ वर्षीय गजेन्द्र यादव शुक्रबार अपरान्ह ३ बजेतिर दिदी अनितालाई स ८ प ८४२७ नम्बरको मोटरसाइकलमा पुर्‍याउन गेरुवा गएका थिए । दिदीलाई पुर्‍याएपछि लहान फर्किएका गजेन्द्र बेखबर भएपछि आफन्तले लहान प्रहरीमा खोजीका लागि निवेदन दिए ।


गजेन्द्रका दाई योगेन्द्र बिहीबार वैदेशिक रोजगारीका लागि कतार जाने भएपछि भाईलाई भेट्न दिदी अनिता माइती आएकी थिइन् । शुक्रबार अनितालाई पुर्‍याउन गजेन्द्र दिदी घर गेरुवा गएपछि बेखबर भएका थिए ।


हराएको दुई दिनपछि भारतको पिप्राहीमा गजेन्द्रको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फेला परेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : माघ २१, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?