१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडकमा चालकको आँखा जाँच

‘राजमार्गमा पछिलो समय सवारी दुर्घटना बढेका छन्, त्यसलाई घटाउन चालकको आँखामा ध्यान दिएका हौं’
पवन यादव

सिमरा — ट्राफिक प्रहरीले राजमार्ग तथा भित्री सहायक सडकहरूमा हुने गरेको सवारी दुर्घटना कम गर्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले बिहीबार चालकको आँखा परीक्षण गरेको छ । ट्राफिक प्रहरी कार्यालयले बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ नितनपरमा ५५ वटा सवारी साधनको यान्त्रिक जाँच सँगै सवारी चालकको आँखा परीक्षणसमेत गरेको छ । 

सडकमा चालकको आँखा जाँच

वीरगन्जबाट मालवाहक सवारी साधन र यात्रुवाहक सवारी लिएर राजधनी तथा पूर्व गुड्ने सवारीका चालकको ट्राफिक प्रहरीले आँखा परीक्षण गरेको हो । वीरगन्जबाट राजधानी काठमाडौंतर्फ लग्दै गरेको ना७ख ५८०८ नम्बरका सवारी चालक ३२ वर्षीय रमेश महतोले ट्राफिक प्रहरीले आँखा जाँच गरेर चालकलाई सचेत गराउनु सराहनीय काम भएको बताए ।


‘धेरै चालकले गरिबीका कारण आँखा नदेखे पनि गाडी चलाउन बाध्य छन्,’ उनले भने, ‘उनीहरूलाई नियन्त्रण गर्न यसले मद्दत गर्छ ।’ आँखा नदेख्ने चालकलाई गाडी चलाउन दिनु हँुदैन । त्यसमा आफू पनि सहमत रहेको उनले जानकारी दिए । परीक्षणका क्रममा आफ्नो दूरी दृष्टि राम्रो देखिएको उनले जानकारी दिए ।


परीक्षण गरिएको चालकमध्ये ४० वर्षमुनिका अधिकांशको आँखा राम्रो रहेको भेटिएको आँखा जाँच परीक्षणमा खटिएका केडिया आँखा अस्पतालका चिकित्सक दिलिपकुमार यादवले बताए । ‘४० मध्ये ३/४ जनाको आँखामा मात्र दूरी देख्ने समस्या भेटायौं,’ उनले भने, ‘अन्य चालकको आँखा सवारी चलाउन उपयुक्त देखिए ।’ उनीहरूको आँखामा नजिकको समस्या देखियो । दूरीमा खाँसै समस्या नदेखिएको उनले जानकारी दिए । ४० वर्षभन्दा माथिका चालकहरूको आँखामा नजिकको समस्या देखियो ।

३२ लाख ५० हजार सवारी देशभरिमा दर्तामा छन् । त्यसमध्ये २ हजार ७ सय ६७ ट्राफिक प्रहरी देशभरिमा कार्यरत छन् । जसमा ३ हजार २ सय ८५ ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेश नं. २ मा २ सय ८७ वटाको दरबन्दी छ । जसमध्ये ३ सय ३६ जना ट्राफिक प्रहरी कार्यरत अवस्थामा २ नं. प्रदेशमा ट्राफिक प्रहरी छन् ।


देशमा ५ हजार ९ सय ९१ किलोमिटर सडक प्रदेश नं. २ मा सडक सञ्जाल रहेको ट्राफिक प्रहरीले जनाएको छ । ‘ट्राफिक प्रहरीको काम प्रदेश नं. २ मा सराहनीय रहेको नेपाल प्रहरीका डीआईजी पूर्णचन्द्र जोशीले बताए । ‘राजमार्गमा पछिलो समय सवारी दुर्घटना बढेका छन,’ उनले भने, ‘त्यसलाई घटाउन चालकको आँखामा ध्यान दिएका हौं ।’ जाँचका क्रममा चालककको आँखामा समस्या नदेखिएको पता लाग्यो । सवारी दुर्घटना चालकको लापरवाही र साना सवारी साधनको हेलचक्रयाइँको कारण भएको देखिएको उनले जानकारी दिए ।


प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक किरण वज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने गरेको ट्राफिक व्यवस्थापन गर्न आफूहरू अथक प्रयास जारी राखेको उनले दाबी गरिन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न कुनै प्रयास बाँकी नराखेको उनले जानकारी दिइन् । सडकमा निर्धक्क सवारी आवागमन सञ्चालन गर्न र त्यसको व्यवस्थापन गर्न आफूहरू सक्रिय रहेको उनले जानकारी दिइन् ।


हालै बारामा सरुवा भइआएका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पाडैलले सरकारी सवारी साधनको अवस्था र चालकको स्थिति आकलन गर्न ट्राफिक प्रहरीले चासो देखाउनुपर्नेमा उनले जोड दिए । ‘सरकारी नम्बर प्लेट हुँदैमा चालकले जथाभावी गर्न मिल्दैन,’ उनले भने, ‘सरकारी सवारी साधनलाई चेकजाँच गर्नुस्, त्रुटि भेटिए कारबाही गर्नुस् ।’ चालक र सरकारी कर्मचारीले बदमासी गरेको भए उनीहरूलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी पछि पर्दैन । निर्धक र निडर भएर काम गर्न उनले ट्राफिक प्रहरीलाई निर्देशन समेत दिए ।


उक्त अवसरमा ५५ वटा सवारीको जाँच गरिएको थियो । उनीहरूको यान्त्रीक अवस्था राम्रो भेटिएको डुगर्स प्रालिबाट खटिएका प्राविधिक उमेश प्रसाद शाहले बताए । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश नं. २ भरीमा १ हजार एक सय ५ वटा सवारी दुर्घटना भएका छन् ।


उक्त दुर्घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन् । ३४ जना गम्भीर घाइते भएका छन् । यसअघि भएका दुर्घटना यस आर्थिक वर्षभन्दा कम बढी देखिएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?