कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्यांकर व्यवसायीमा विभेद

सिमरा — ठूला ट्यांकर व्यवसायीलाई फाइदा पुग्ने गरी नेपाल आयल निगमले बाध्यकारी नियम ल्याएको भन्दै बारा, पर्सा, रौतहटका साना ट्यांकर व्यवसायीले सच्याउन आग्रह गरेका छन् ।

निगमले एउटा व्यक्तिले एकपटकमा कम्तीमा ५ वटा ट्यांकर खरिद बिक्री गर्नुपर्ने बाध्यकारी नियम ल्याएपछि आफूहरू समस्यामा परेको यहाँका साना तथा मझौला ट्यांकरधनी गुनासो छ । १ देखि ४ वटा ट्यांकर खरिद बिक्री गर्न खोज्ने सवारीधनी बढी मारमा परेका हुन् । एउटा ट्यांकर भएका धनीले ट्यांकर साहु बने पनि आफ्नै सवारी आफ्नो नामबाट सञ्चालन गर्न पाएका छैनन् । उनीहरूले पहिला इजाजत लिइसकेका व्यक्तिको नामबाट आफ्नो ट्यांकर सञ्चालन गर्दै आएको पीडित ट्यांकरधनीले बताएका छन् ।


ट्यांकर सञ्चालन गर्न नसकेका धनीले ट्यांकर बिक्री गर्न खोज्दा पनि झन्झटिलो प्रक्रियाका कारण बिक्री गर्न पनि पाएका छैनन् । एउटा/दुईटा ट्यांकर जो व्यक्तिसँग छ, उसले कसरी र कोसँग सवारी साधन बिक्री गर्ने ? भन्दै पीडित धनीले निकास निकाली दिन नेपाल आयल निगमसँग आग्रह गरेका छन् ।


आयल निगमले एउटा/दुईटा ट्यांकर खरिद बिक्री गर्न आयल निगमले प्रतिबन्ध लगाएको छ । ‘आयल निगमको ढुवानी इजाजत लिन एक जना साहुले एकैपटकमा कम्तीमा ५ वटा ट्यांकर खरिद गर्नुपर्छ,’ नाम नछाप्ने शर्तमा एक पीडित ट्यांकरधनीले भने, ‘इजाजत लिन एउटा साहुसँग कम्तीमा ५ वटा ट्यांकर हुनैपर्छ ।’


उक्त ट्यांकर बिक्री गर्दा पनि एकै पटकमा ५ वटै ट्यांकर एउटै व्यक्तिसँग बिक्री गर्नुपर्छ । जसको नाममा पहिलादेखि ढुवानी इजाजत छ । त्यसै व्यक्तिसँग मात्र एउटा/दुईटा ट्यांकर खरिद बिक्री गर्न पाउने अवस्था सृजना भएको पीडित ट्यांकरधनीले गुनासो गरेका छन् ।


विगतमा एउटा ट्यांकर खरिद बिक्री गर्दा ट्यांकरधनीले सहजै ढुवानी इजाजतपत्र पाउने गरेका थिए । ४ वर्षयता आयल निगमले ढुवानी इजाजतपत्र दिन यस्तो बाध्यकारी नियम ल्याएको उनीहरूले आरोप लगाए । करिब एक सयभन्दा बढी संख्यामा रहेका ट्यांकरको ढुवानी इजाजतपत्र अर्कै व्यक्तिको नाममा रहेको स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?